रुन्टीगढी गाउकार्यपालिकाकोे बैठक सम्पन्न,काम का लागी खाद्यान्न कार्यक्रम संञ्चालन गर्दै

रोल्पा, होलेरी
वैशाख २७

रुन्टीगढी गाउकार्यपालिकाको  बैठक सम्पन्न भएको शुक्रवार सम्पन्न भएको  छ । रुन्टीगढी गाउपालिकाका अध्यक्ष बालाराम बुढा को अध्यक्षतामा बैठक सम्पन्न भएको हो ।
बैठक मा विश्व मा महामारी को रुप लिएको कोरोना भाइरस कोभिड १९ को जोखिम कम गर्न रुन्टीगढी गाउपालिका मा अव भित्रिने स्थानिय नागरिक को व्यवस्थापन विषयक केन्द्रीत रहेर छलफल भएको हो ।
बैठकमा बोल्दै रुन्टीगढी गाउँपालिकाका अध्यक्ष बालाराम बुढा ले अहिले को यो विषम परिस्थिती मा स्थानिय नागरिकको लागी जनता प्रति उत्तरदायित्तव भएर लाग्न सम्पुर्ण लाइ आग्रह गर्नुभएको छ । २ दिन सम्म  रुन्टीगढी गाउपालिकामा चलेको बैठक मा कोरोना भाइरस को संम्भावित जोखिम लाइ कम गर्न को लागी गाउपालिका भित्र , श्रम तथा अन्य काम का लागी भारत तथा तस्रो मुलुक  मा गएका स्थानिय नागरिक को डाटा संकलन गर्ने र उनि हरुका  थप व्यवस्थापन को लागी रुन्टीगढी ४ मा रहेको उघा व्यारेक र रुन्टीगढी ७ मा रहेको हाट वजार भवन लाइ क्वारेन्टाइन को लागी ब्यवस्थापन गर्ने, आगामी दिन को अवस्था लाइ मध्यनजर गर्दै रुन्टीगढी को विभिन्न स्थान मा नया हेल्पडेस्क स्थापना गरी अहिले सम्म क्वारेन्टाइन ब्यवस्थापन को लागी खर्च यकिन गरी सार्वजनिक सुनुवाइ गर्ने निर्णय गरेको छ ।
बिश्व मा कोरोना को महामारी को कारण भएको लकडाउन ले गर्दा अव स्थानिय नागरिक लाइ खाद्यान्न को अभाव हुने कुरा लाइ मध्यनजर गर्दै रुन्टीगढी गाउपालिकाले काम को लागी खाद्यान्न कार्यक्रम समेत अगाडी सारेको छ । जसका लागी रुन्टीगढी गाउपालिका को प्रत्येक वडाहरुमा श्रम बैङ्क हरु स्थापना गरी वेरोजगार जनता लाइ रोजगारी को ब्यवस्था गर्ने र त्यसको लागी ५ नं का वडाअध्यक्ष याम बहादुर दशौदी को संयोजक मा ७ सदस्य को समिती समेत निर्माण गरेको छ ।
 साथै विश्व मा महामारी को रुप लिएको कोरोना को जोखिम लाइ कम गर्न को लागी रुन्टीगढी गाउपालिकाका जनप्रतिनिधि तथा कर्मचारी वाट आर्थिक जम्मा गर्ने र यस गाउपालिका मा कार्यरत इन्जिनियर शेशमणि पौडेलको पिता श्री बुद्धीराम शर्मा पौडेल को यहि बैशाख २१ गते असायमिक निधन भएको हुँदा शोक प्रस्ताव समेत पारित गरिएकाे छ ।
रुन्टीगढी गाउपालिकाको अध्यक्ष बालाराम बुढा को अध्यक्षतामा बसेको बैठकमा ,उपाध्यक्ष छमाया पुन,प्रमुख प्रशासकिय अधिकृत चिरञ्जीवि जि.एम.सम्पुर्ण कार्यपालिका सदस्य हरु प्रशासन प्रमुख इश्वर राज पाण्डे,लेखा अधिकृत झग्गु के.सी.सचिवालय प्रमुख दिपक डाँगी,लगायत को उपस्थिीति मा बैठक सम्पन्न भएको रुन्टीगढी गाउपालिकाका प्रवक्ता जगत बहादुर घर्ती ले बताउनु भएको छ ।
Share on Google Plus

About Radio Holeri FM

The world can be heard simultaneously on Radio Holeri FM 1.2.5 MHz and online at www.news.radioholeri.com. This radio is located at Runtigadi-6 Holeri in Rolpa district. So far the first commercial radio is in favor of commercial radio in Rolpa district. Est. 2074 /06/. 500 watt radio is currently being heard in more than 18 districts of Holeri Bazaar, which is broadcasting from its own building through an uplink in Gadhilek, now at 2119 Heights of Runtigadi.ic.