होलेरी रोल्पा२०७७ जेष्ठ २१
विश्वमा महामारी को रुप लिएको कोभिड १९ कोरोना को कारण सम्भावित जोखिम लाइ कम गर्न को लागी विश्व नै लकडाउन को अवस्था रहेको छ ।यही लकडाउन को कारण भारत तथा तेस्रो मुलुक मा काम को शिलशिलामा रोजगारी को लागी गएका स्थानिय नागरिक हरु घर फर्किने क्रम पनि बढेको छ ।यस्तै घर फर्किने क्रममा रुन्टीगढी ३ भरना निवासी धरमपाल भारत को हरियाणा बाट नेपाल फर्कीएर अहिले रुन्टीगढी ६ मा रहेको प्राथमिक स्वास्थ्य केन्द्र को नयाँ भवन मा क्वारेन्टाइन मा रहनु भएको छ । क्वारेन्टाइनमा रहदै गर्दा उहाँलाई जेष्ठ १७ गते शरिर तातिएको महसुुस भयो र आफ्नो साथी संग ज्वरो को औषधी को लागी स्वास्थ्यकर्मी संग पहल गरिदिन अनुरोध गर्नुभयो । तर त्यही अनुरोध एक कान हुदै गाँउ भरी फैलिएपछि अहिले होलेरी आसपास का गाउ हरु त्रासमय बनेको छ ।तर यो सुचना प्राप्त भएसंगै रुन्टीगढी ५ का वडाअध्यक्ष याम बहादुर दशौदी ले होलेरी हेल्पडेस्क मा खट्नुभएका स्वास्थ्य कर्मी हरु लाइ उहाँ को स्वास्थ्य अवस्था चेकजाँच गर्न आग्रह गर्नु भएको थियो । होलेरी हेल्पडेस्क मा खट्नुभएका स्वास्थ्य कर्मी हरिकला बुढा ले उहाँ को स्वास्थ्य चेकजाँच गरेको र उहाँ को अवस्था समेत सामान्य रहेको बताउनु भएको छ ।तर कोरोना को यो महामारी को समयमा स्थानिय आमवासी ले सजकता अपनाउनुपर्ने एक स्थानिय समाजसेवी सुवास चन्द ले बताउनु भएको छ । अर्का एक स्थानियवासी ले कोरोना को महामारी को यो समयमा भारत तथा तेस्रो मुलुक बाट नेपाल फर्किएर क्वारेन्टाइन मा बसेका आम स्थानिय नागरिक लाइ कोरोना को चेकजाँच गरायर मात्रै होम क्वारेन्टाइन मा पठाउन को लागी स्थानिय सरकार लाइ अनुरोध समेत गर्नुभएको छ ।क्वारेन्टाइन मा बस्ने अन्य स्थानिय क्वारेन्टाइन वासीले कहिलेकाही धारामा समयमा पानी नआउदा शौचालय लगायत का विषयमा समस्या परेको बतायका छन् ।भारत तथा तस्रो मुलुक बाट नेपाल आयका स्थानिय नागरिक लाइ १४ देखी २१ दिन सम्म क्वारेन्टाइन मा बसाली आरडिटी परिक्षण गरेर मात्रै होम क्वारेन्टाइन मा पठाउने रुन्टीगढी गाउपालिकाका प्रमुख प्रशासकिय अधिकृत चिरञ्जीवी जि.एम. ले बताउनु भएको छ । अहिले रुन्टगिढी गाउपालिका मा आरडिटी परिक्षण गर्न को लागी २ जना स्वास्थ्य कर्मी तालिममा गएको र उहाँहरु तालिम बाट फर्किएपछि क्वारेन्टाइन बासी लाइ आरडिटी परिक्षण गरिने समेत उहाँले बताउनु भएको छ । अहिले रुन्टीगढी गाउपालिकामा कोरोना परिक्षण को लागी २० वटा मात्रै आरडिटी किट भएको र अव थप किट जिल्ला बाट माग गरेर क्वारेन्टाइन मा बसेका हरुलाइ कोरोना परिक्षण गरिने समेत उहाँले बताउनु भयो ।पानी लगायत को समस्या का विषयमा सम्वन्धीत क्वारेनटाइन मा सहयोग गर्ने सहयोगी हरु मार्फत व्यवस्थापन गरिएको रुन्टीगढी गाउपालिकाका सचिवालय प्रमुख दिपक डाँगी ले बताउनु भएको छ । साथै सम्पुर्ण स्वास्थ्यकर्मी ,सुरक्षाकर्मी, राजनैतिक दल,स्थानिय समाजसेवि लगायत सम्पुर्ण लाइ कोरोना को लडाइ मा व्यक्तीगत स्वार्थ भन्दा माथी उठेर एैकबद्ध भएर लाग्न रुन्टीगढी गाउपालिका का अध्यक्ष बालाराम बुढा ले आग्रहसमेत गर्नु भएको छ ।