गाउपालिका स्तरिय प्र.अ. बैठक सम्पन्न, विद्यार्थी भर्ना को लागी संचार प्रविधि को प्रयोग गर्न आग्रह



होलेरी, रोल्पा
जेष्ठ २९

 बुधबार रुन्टीगढी गाउपालिका स्तरिय बिद्यालयका प्रधानाध्यापकको बैठक रुन्टीगढी गाउपालिकामा सम्पन्न भएको छ ।  शिक्षा शाखा प्रमुख अञ्जु शर्मा अध्यक्षता मा सम्पन्न भएको बैठक मा प्रमुख अतिथी मा रुन्टीगढी गाउपालिका का अध्यक्ष बालाराम बुढा रहनु भएको थियो ।
 बैठक मा विश्व मा महामारी को रुप लिएको कोरोना भाइरस को कारण यसले नेपाल मा पनि प्रभाव पारेको र यस बाट बालबालिका हरु पढाइ बाट बञ्चीत भएको अवस्थामा बिद्यालय क्षेत्र मा विद्यार्थी भर्ना , पाठ्यपुस्तक वितरण ,लगायत को विषय मा छलफल गरिएको बताइएको छ ।
नेपाल मा पनी कोरोना को प्रभाव लाइ मध्यनजर गर्दै बिद्यालय लाइ आफ्नो अनुकुल मा र विभिन्न संचार प्रविधि लाइ प्रयोग गरी भर्ना अभियान लाइ अगाडी बढाउने र त्यसैको अनुपात मा पाठ्यपुस्तक वितरण गर्ने लगायत को  विषयमा छलफल भएको छ ।

ढिलै भएपनि रुन्टीगढी गाउपालिकाले बाल शिक्षक र बिद्यालय कर्मचारी को पोसाक भत्ता उपलव्ध गराएको मा रुन्टीगढी शिक्षक महासंघ का अध्यक्ष  भिम बहादुर दशौदी ले रुन्टीगढी गाउपालिकालाइ धन्यावाद ब्यक्त गर्नुभएको थियो । साथै अव का दिन मा पनि वाल शिक्षक तथा बिद्यालय कर्मचारी को बारेमा स्थानिय सरकार ले सकारात्मक कार्यक्रम ल्याउने कुरामा आशा व्यक्त गर्नुभएको थियो ।

 यस्तै बैठक मा बोल्दै प्रमुख प्रशासकिय अधिकृत चिरञ्जीवी जि.एम.ले आफु अनि विद्यार्थी सुरक्षित रहेर र बिभिन्न संचार प्रविधि प्रयोग गर्दै बिद्यालय मा बालबालिका हरु भर्ना गर्न को लागी सम्पुर्ण प्रधानाध्यापक हरु लाइ आग्रह गर्नु भएको थियो ।

कोरोना भाइरस विश्व  को नै एउटा समस्या भएको ले यस बाट बच्न आफु सम्यम र सजक हुनुपर्ने भन्दै रुन्टीगढी गाउपालिका अध्यक्ष बालाराम बुढा ले रुन्टीगढी गाउपालिका भित्र शैक्षिक गुणस्तर लाइ बृद्धि गर्न को लागी स्थानिय सरकार सदैव तत्पर रहेको बताउनु भएको छ ।
बैठक मा अन्य अतिथी हरुमा रुन्टीगढी गाउपालिका उपाध्यक्ष छमायाँ पुन, प्रमुख प्रशासकिय अधिकृत चिरञ्जीवी जि.एम. प्रास धन बहादुर डाँगी रुन्टीगढी शिक्षक महासंघ का अध्यक्ष भिम बहादुर दशौदी , शिक्षक संगठन रुन्टीगढी का उपाध्यक्ष भरत केसी ,रुन्टीगढी गाउपालिका शिक्षक संघ का अध्यक्ष रेशम बहादुर बुढाथोकी लगायत सम्पुर्ण रुन्टीगढी गाउपालिका बिद्यालय अन्र्तगत का प्रधानाध्यापक ज्यु हरु को उपस्थिती रहेको कार्यक्रम को सहजीकरण स्रोत ब्याक्ती कुलराज आचार्य ले गर्नुभएको थियो ।
Share on Google Plus

About Radio Holeri FM

The world can be heard simultaneously on Radio Holeri FM 1.2.5 MHz and online at www.news.radioholeri.com. This radio is located at Runtigadi-6 Holeri in Rolpa district. So far the first commercial radio is in favor of commercial radio in Rolpa district. Est. 2074 /06/. 500 watt radio is currently being heard in more than 18 districts of Holeri Bazaar, which is broadcasting from its own building through an uplink in Gadhilek, now at 273 Heights of Runtigadi.ic.