Type Here to Get Search Results !

गङगादेब गाउपालिकाका कर्मचारी र शिक्षकको १० दिनको तलब कोरोना कोषमा जम्मा गरिने

असार १
होलेरी ,रोल्पा
गङगादेब गाउपालिकाका कर्मचारी र शिक्षकको १० दिनको तलब कोरोना कोषमा जम्मा गरिने भएको छ । गङगादेब गाउँपालिका रोल्पाका अध्यक्ष वीर बहादुर खत्रिको अध्यक्षतामा बसेको गाउकार्यपालिकाको बंैठकले गङगादेब गाउपालिका रोल्पामा कार्यरत कर्मचारी र शिक्षकको १० दिनको तलब कट्टी गरेर कोरोना विपत कोषमा जम्मा गर्न लगाउने निर्णय गरेको छ । गाउँपालिकाले क्वारेन्टिनमा बसेका नागरिकको खाद्यान्न व्यबस्थापन, चेक जाचँ र औषधि उपकरण खरिद ठुलो मात्रामा बजेट खर्च हुने भएको हुदा तलब कट्टी गरेर कोरोना कोषमा जम्मा गर्नु परेको गाउँपालिका का अध्यक्ष वीर बहादुर खत्रीले बताउनु भएको छ । शिक्षकको तलब निकासा भैसकेकाले गाउँपालिका का शिक्षा शाखाले पालिका भित्रका ३९ वटै बिद्यालयलाइ सबै शिक्षकको १० दिन बराबरको तलब कट्टी गरेर कोरोना बिपद कोष खातामा जम्मा गरेर सक्कली भांैचर शाखामा बुझाउन पत्राचार गरेको शिक्षा शाखा प्रमुख शेर बहादुर डागिले जानकारी दिनु भएको छ । यसै बिच गाउँपालिकाका क्वारेन्टिन व्यवस्थापनमा खटिएका स्वयंसेवक लाइ मासिक १८ हजारका दरले सेवा सुबिधा दिने निर्णय गरेको छ । गाउँपालिकाका ७ वटै वडामा ३÷३ जना स्वयंसेबक राखिएको छ । यस्तै गङगादेव गाउँपालिका रोल्पाको अध्यक्ष रनिङ सिल्ड प्रतियोतामा लगातार ३ पटक बिजेता बन्न सफल जीबन ज्योति मा. बि. देवल टाकुरा राक रोल्पालाइ ५ लाख पुरस्कार  दिने निर्णय कार्यपालिका बैठक सम्पन्न भएको गाउँपालिका का प्रेस संयोजक असोक वलि परिवर्तनले जानकारी दिनुभएको छ ।