कृषि, पर्यटन र पूर्वाधारलाई मुख्य प्राथमिकता दिएर निति कार्यक्रम ल्याउन रुन्टीगढी गाउँपालिकालाई नेकपाको सुझाब


मनोज पुन
होलेरी, ४ असार
नेपाल कम्युनिष्ट पार्टी नेकपा रुन्टीगढी गाउपालीकाको स्थानीय सरकार संचालन सहयोग समितीले कृषी, पर्यटन तथा विकासलाई मुख्य प्राथमिकतामा राखेर आ.ब. २०७७।७८ को नीति कार्यक्रम ल्याउन रुन्टीगढी गाउपालिकालाई सुझाब दिएको छ । समितीको आज होलेरीमा सम्पन्न बैठकले कोभीड १९ कोरोना भाईरसका कारण थुप्रै युवाहरु बेरोजगार भएको भन्दै युवावर्गलाई लक्षित गर्दै कृषिका प्याकेज कार्यक्रमहरु ल्याएको रोजगारी सिर्जना गर्नेतर्फ अग्रसर हुन गाउपालीकालाई सुझाव दिएको छ । रुन्टीगढी गाउँपालिका भित्र थुप्रै धार्मिक, प्राकृतीक स्थलहरु, सांस्कृतीक पहिचानहरु रहेकाले ती कुराहरुको संरक्षण, प्रबद्धन गर्दै पर्यटकीय स्थलका रुपमा विकास गर्दै आन्तरिक र बाह्य पर्यटक भित्र्याएर विकास र रोजगारीहरु सिर्जना गर्ने खालका कार्यक्रमलाई पनि महत्वका साथ समेट्न सुझाव दिएको हो । नेकपा रुन्टीगढी गाउँपालीका संगठन कमिटीका अध्यक्ष तथा स्थानीय तह संचालन सुझाब समितिका संयोजक आशाराम गुरुङको अध्यक्षता र नेकपा ५ नं. प्रदेश कमिटीका सदस्य कुमार दशौदीको प्रमुख आतिथ्यतामा सम्पन्न बैठकले स्थानीय स्तरमा उत्पादित बस्तुको उचित बजारिकरण गरिनुका साथै शिक्षा, स्वास्थ्य, सडक, बिद्युत, खानेपानी, महिला, दलित, जनजाती,बालबालिका लगायत सार्बजनिक महत्व राखिने सबै विषयका सवालमा केन्द्रीत रहेर नीती कार्यक्रम तथा बजेट ल्याउन सुझाब दिएको हो ।
    बैठकमा बोल्दै रुन्टीगढी गाउँपालीका अध्यक्ष बालाराम बुढाले बैठकबाट आएका सबै सुझावहरुलाई आत्मसाथ गर्दै नीती तथा कार्यक्रमहरु ल्याईने प्रतिबद्धता जनाउनुभएको थियो । बैठकमा नेकपा ५ नं. प्रदेश कमिटीका सदस्यहरु रिमा नेपाली,रुद्रमणी सुवेदी, गोविन्द पुन, गाउपालिका उपाध्यक्ष छमायाँ पुन, नेकपा रोल्पा जिल्ला कमिटीका सदस्यहरु इश्वरी जीएम, ज्ञानु पुन, मिन बहादुर थापा, भुपमणी पुन, नेकपा रुन्टीगढी गाउपालिका ९ वटै वडाका अध्यक्ष तथा सचिबहरु, निर्बाचित वडाअध्यक्षहरुको उपस्थिती रहेको थियो । बैठकको संचालन रुन्टीगढी गाउपालिकाका सचिव जगत बहादुर घर्तीमगरले गर्नुभएको थियो । रुन्टीगढी गाउँपालिकाले यहि असार ६ गते आर्थीक बर्ष २०७७। ७८ का लागी नीती तथा कार्यक्रम ल्याउने कार्यक्रम रहेको छ । सोही कार्यक्रममाथी लक्षीत गर्दै नेकपा रुन्टीगढीको स्थानीय सरकार सञ्चालन सहयोग समितिले सामाजिक दुरी कायम गर्दै बैठक तथा छलफल कार्यक्रमको आयोजना गरेको हो ।


Share on Google Plus

About Radio Holeri FM

The world can be heard simultaneously on Radio Holeri FM 1.2.5 MHz and online at www.news.radioholeri.com. This radio is located at Runtigadi-6 Holeri in Rolpa district. So far the first commercial radio is in favor of commercial radio in Rolpa district. Est. 2074 /06/. 500 watt radio is currently being heard in more than 18 districts of Holeri Bazaar, which is broadcasting from its own building through an uplink in Gadhilek, now at 273 Heights of Runtigadi.ic.