Type Here to Get Search Results !

रुन्टीगढी गाउँपालिकाको आर्थिक वर्ष २०७७÷७८ को निती तथा कार्यक्रम सार्वजनिक


होलेरी, रोल्पा
असार ७ गते

शनिवार रुन्टीगढी गाउँपालिकाको आर्थिक वर्ष २०७७÷७८ को निती तथा कार्यक्रम सार्वजनिक गरेको छ । रुन्टीगढी गाँउपालिकाको सातौ गाँउ सभा मा निती तथा कार्यक्रम पेश गरिएको हो ।
“कृषि,पर्यटन र पुर्वाधार रुन्टीगढी समृद्धिको आधार”भन्ने मुल नारा को साथमा कृषि,पुर्वाधार विकास,पर्यटन,स्वास्थ्य,शिक्षा, रोजगार लाई विशेष प्राथमिकता दिदै निती तथा कार्यक्रम लाइ सार्वजनिक गरेको छ ।
आधुनिक प्रविधियुक्त कृषि कार्यक्रम लाइ प्राथमिकता दिदै संघिय सरकार ले अघि सारेको संरक्षित कृषि,सुनिश्चित वचत अभियान लाइ हृदयङ्गम गरी यस रुन्टीगढी को समग्र कृषि विकास मा सहयोग पुगोस भन्ने उद्येश्य ले कृषि सामाग्री मा अनुदान,सस्तो सुलभ क्रृण,कृषि उत्पादन तथा वालीमा विमा , किसान लाई प्रावीधिक सेवा,न्युनतम वचत को अवस्थामा सहयोग पुग्ने निती ल्याइने रुन्टीगढी गाँउपालिकाका अध्यक्ष बालाराम बुढा ले बताउनु भएको छ ।
यस्तै पुर्वाधार निती तथा कार्यक्रम मा ,होलेरी जुर्नेटा शहरी विकास कार्यक्रम,रुन्टीगढी सुरक्षित आवास कार्यक्रम,होलेरी एकिकृत विकास तथा शिक्षित नानी शिक्षा मा लगानी भन्ने कार्यक्रम लाइ पनि अगाडी वढाइने उहाँले बताउनुभएको छ ।
पर्यटन निती तथा कार्यक्रममा हामीले हेर्नुपर्छ हाम्रो गाँउ,रुन्टीगढी घुम्न जाँउ भन्ने मुल नारा को साथ मा आन्तरिक तथा बाह्य पर्यटक लाइ रुन्टीगढी क्षेत्रमा भ्रमण गर्न प्रेरित गर्न सहयोग पुग्ने कार्यक्रम संचालन गरिने पनि अध्यक्ष बुढा ले बताउनुभएको छ ।
अस्पताल सम्म सवै को पहुच होस् भन्ने अभिप्राय का साथ मा आगामी वर्ष गाँउपालिकाले आवश्यक विधि निर्माण गरी समुह,सहकारी,निजी क्षेत्र को साझेदारी मा एमबुलेन्स सेवा संचालन गरिने तथा सवै वडामा नमुना स्वास्थ्य चौकी कार्यक्रम लाइ निरन्तरता दिइएको बताइएको छ ।
कोभिड १९ का कारण बिद्यालय बन्द रहेको अवस्थामा संघिय सरकार ले तोकेको मापडण्ड बमोजिम वैकल्पीक विधि को प्रयोग गरी पठनपाठन सुचारु गरिने बताइएको छ ।
एक वडा एक नमुना बन कार्यक्रम संचालन गरी वन उपभोक्ता महासंघ,सवडिभिजन वन कार्यालय तथा अन्य सामुदायिक वन हरु को साझेदारी मा यो अभियान ला तिब्रता दिई बजेत को समेत ब्यवस्था गरिने बताइएको छ ।
कोभिड १९ को महामारी को कारण गाँउपालिका भित्र कयौं को रोजगारी गुमेको देश तथा विदेश बाट सयौं को संख्या मा गाउँपालिका फर्केको अवस्थामा त्यस्ता ब्याक्ती लाई लक्षित गरी रोजगारी मा आधारित रुन्टीगढी स्वावलम्बन कार्यक्रम संचालन गरिने बताइएको छ ।







Tags