रुडास नेपाल गोल दोस्रो परियोजनाद्धारा रुन्टीगढी गाँउपालिकालाई स्वास्थ्य सामाग्री हस्तान्तरण

होलेरी, रोल्पा
असार ७ गते
अष्टेलीयन एड को आर्थीक सहयोग आड्रा नेपाल, रुपान्तरण र ग्रामीण विकास तथा चेतना समाज (रुडास) नेपालको साझेदारीमा सञ्चालित कृषि तथा तथा जीविकोपार्जन प्रबर्धन (गोल दोश्रो) परियोजना बाट रुन्टीगढी गाँउपालिकालाई १ लाख १० हजार रुपैयाँ बराबरको स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको छ ।
कोभिड १९ कोरोना भाइरस को कारण हुने जोखिम लाई मध्यनजर गर्दै स्थानिय सरकार रुन्टीगढी गाँउपालिकालाई स्वास्थ्य सामाग्री हस्तान्तरण गरिएको रुडास नेपाल रोल्पा का कार्यकारी निर्देशक शोभाराम डाँगी ले बताउनु भएको छ ।
लकडाउन को सुरुवात को समयमा यस रुन्टीगढी गाँउपालिकालाई   पनि करिव ६०,००० रुपैयाँ बराबर को सामाग्री हस्तान्तरण गरेकाे यस परियोजनाले  आज १ लाख १० हजार रुपैयाँ बराबरको स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको हो । परियोजनाले ४० लिटर सेनिटाईजर, ह्याण्डवास ६६ पिस,मास्क ७ सय पिस, पीपीई १५ सेट, साबुन २ गत्तासहितका सामाग्री हस्तान्तरण गरेको गाँउपालिकाले जनाएको छ ।
रुडास नेपाल का रोल्पा जिल्ला का अध्यक्ष विनोद रिजाल ले उक्त स्वास्थ्य सामाग्री हस्तान्तरण गर्नुभएको हो ।
स्वास्थ्य सामाग्री हस्तान्तरण कार्यक्रममा बोल्दै रुन्टीगढी गाँउपालिकाका अध्यक्ष बालाराम बुढाले गोल दोस्रो परियोजनाले हस्तान्तरण गरेको स्वास्थ्य सामाग्रीले यस क्षेत्रमा कोरोना रोकथाम तथा नियन्त्रणमा सहयोग पुग्ने भन्दै धन्यवाद व्यक्त गर्नुभएको थियो ।
स्वास्थ्य सामाग्री हस्तान्तरण कार्यक्रम को सहजीकरण रुडास नेपाल गोल दोश्रो परियोजना का रुन्टीगढी गाउँपालिका का संयोजक बासुदेव पोख्रेल ले गर्नुभएको थियो ।











Share on Google Plus

About Radio Holeri FM

The world can be heard simultaneously on Radio Holeri FM 1.2.5 MHz and online at www.news.radioholeri.com. This radio is located at Runtigadi-6 Holeri in Rolpa district. So far the first commercial radio is in favor of commercial radio in Rolpa district. Est. 2074 /06/. 500 watt radio is currently being heard in more than 18 districts of Holeri Bazaar, which is broadcasting from its own building through an uplink in Gadhilek, now at 2119 Heights of Runtigadi.ic.