Type Here to Get Search Results !

रुन्टीगढी गाउँपालिकाले ल्यायो ५६ करोड ८३ लाख ५२ हजार को बजेट



१० असार,  होलेरी रोल्पा ।
 रुन्टीगढी गाउँपालिकाले आगामी आर्थिक वर्ष २०७७ र ७८ का लागि अनुमानीत बजेट प्रस्तुत गरेको छ । सातौँ गाउँसभामा उपाध्यक्ष छमाया पुनले आगागी आर्थिक वर्षका लागि ५६ करोड ८३ लाख ५२ हजार रुपैयाँको बजेट प्रस्तुत गर्नुभएको हो ।
कुल बजेट मध्य चालु तर्फ २१ करोड ५३ लाख ८३ हजार र पुँजीगत तर्फ ३५ करोड ३९ लाख ५३ हजार रुपैयाँ विनियोजन गरिएको उपाध्यक्ष पुनले जानकारी दिनुभएको छ ।

आन्तररिक आम्दानीबाट ३ करोड ५ हजार ४ सय ९५,संघीय वित्तीय समानीकरण अनुदान तर्फ १० करोड १५ लाख, संघीय राजश्व बाँडफाड तर्पm ९ करोड ४ लाख ७५ हजार २ सय ५ रुपैया, संघीय ससर्त तर्फ १९ करोड ७४ लाख, संघीय विशेष अनुदान शिर्षकमा २ करोड २४ लाख, संघीय समपुरक अनुदान तर्फ ५० लाख अनुमान गरेको छ ।
प्रदेश वित्तीय सामानिकरण अनुदन तर्फ ५२ लाख ८३ हजार, प्रदेश राजश्व वाडफाड तर्फ ५४ लाख ४३ हजार, प्रदेश शर्सत तर्फ १ करोड ४८ लाख ५० हजार, प्रदेश समपुरक तर्फ १ करोड ५० लाख र प्रदेश विशेष अनुदान तर्फ ६० लाख आय हुने अनुमान गरेको छ ।
गाउँपालिकाले कृषि, स्वास्थ्य, रोजगारलाई प्राथमिकतामा राखेको छ ।
गाउँसभाले रुन्टीगढी स्वावलम्बन कार्यक्रम ल्याएको छ । विदेशबाट फर्किएका तथा युवाहरुलाई स्वारोजगार बनाउन प्रेरित गर्ने उदेश्यले उक्त कार्यक्रम ल्याएको रुन्टगिढी गाउँपालिका का अध्यक्ष बालाराम बुढा ले जानकारी दिनुभएको छ । स्वावलम्बन कार्यक्रमबाट गाउँपालिका भित्रका १ हजारले रोजगार पाउने बताइएको छ ।
Tags