Type Here to Get Search Results !

रुन्टीगढी ईसाइ समाज द्धारा गाउँपालिका लाई रु ५०,००० वरावर को खाद्य सामाग्री हस्तान्तरण


 होलेरी रोल्पा,असार ११ गते
रोल्पा को रुन्टीगढी गाउँपालिकालाई ईसाइ समाज रुन्टीगढी रोल्पा द्धारा कोरोना को महामारी को समय लाइ मध्यनजर गर्दै ४० बोरी चामल करिव ५०,००० रुपैयाँ वरावर को खाद्यान्न सामाग्री हस्तान्तरण गरेको छ ।
रुन्टीगढी ईसाइ समाज का सम्पुर्ण पदाधिकारी भुपमनी पुन ,सागर घर्ती लगायत को उपस्थिती मा र रुन्टीगढी गाउँपालिका तर्फ वाट गाउँपालिका अध्यक्ष वालाराम बुढा ,उपाध्यक्ष छमायाँ पुन, प्रमुख प्रशासकिय अधिकृत चिरञ्जीवी जि.एम.सचिवालय प्रमुख दिपक डाँगी लगायत को उपस्थिती मा खाद्यान्न हस्तान्तरण कार्यक्रम सम्पन्न गरिएको हो ।


कार्यक्रम मा वोल्दै अध्यक्ष वालाराम बुढा ले कोरोना को यो महामारी को समय मा रुन्टीगढी ईसाइ समाज ले यस गाउँपालिका लाई गरेको सहयोग स्मरण योग्य रहेको भन्दै कोरोना को लडाइ मा एैक्यवद्धता हुनुभएको मा धन्यवाद समेत व्यक्त गर्नुभएको थियो ।
Tags