Type Here to Get Search Results !

रुन्टीगढी गाउँपालिकामा १ जना महिला लाई कोरोना संक्रमण पुष्टी


 होलेरी रोल्पा,असार १४ गते
रोल्पा को रुन्टीगढी गाउँपालिकामा १ जना महिला लाई कोरोना संक्रमण पुष्टी भएको छ ।
 रुन्टीगढी गाउँपालिका २ अन्र्तगत ४८ बर्षिया महिला लाई कोरोना संक्रमण पुष्टी गरिएको राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठान को प्रेस विज्ञप्ती मा उल्लेख गरिएको छ ।
तेस्रो मुलुक बाट आएका ति महिलालाई केहि दिन अगाडी आरडिटी परिक्षण गर्दा पोजेटिभ देखिएको उक्त महिलालाई पिसिआर परिक्षण गर्दा कोरोना पोजेटिभ देखिएको होे ।
प्राप्त जानकारी अनुसार रुन्टीगढी गाउँपालिका अन्र्तगत ७१ जना को स्वाव परिक्षण गर्दा एक जना मा कोरोना पोजेटिभ र अन्य को नेगेटिभ देखिएको विज्ञप्ती उल्लेख गरिएको छ ।
आरडिटी परिक्षण गर्दा पोजेटिभ देखिएको हुदा उक्त महिलालाई सुरक्षित क्वारेन्टाइनमा राखिएको र उहाँको स्वास्थ्य अवस्था सामान्य रहेको बताइएको छ ।
Tags