Type Here to Get Search Results !

गोल २ परियोजना को वार्षिक समिक्षा तथा सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न


होलेरी ,रोल्पा असार १५
अष्टेलियन एड को आर्थिक सहयोग आड्रा नेपाल,रुपान्तरण तथा ग्रामिण विकास तथा चेतना समाज (रुडास नेपाल) को साझेदारी मा संचालित कृषि तथा जीवीकोपार्जन प्रवद्र्धन गोल २ परियोजना को वार्षिक समिक्षा तथा सार्वजनिक सुनुवाई कार्यक्रम रुन्टीगढी गाउँपालिका होलेरी मा सम्पन्न गरिएको छ ।
रुडास नेपाल रोल्पा का अध्यक्ष विनोद रिजाल को अध्यक्षता मा सम्पन्न कार्यक्रममा एक वर्ष भित्र गरिएको सामाजिक तथा आर्थिक क्रियाकलाप माथी प्रष्ट पारिएको थियो ।
आर्थिक वर्ष २०७६÷७७ मा रु ९९,९६,८१६ वरावर को कुल रकममा रु ४१,५२,००८ व्यवस्थापन मा खर्च र ५८,४४,८०८ रुपैयाँ कार्यक्रम तर्फ खर्च गरिएको बताइएको छ ।
कार्यक्रम मा सेवाग्राही तथा उपस्थिती हरु संग एक वर्ष सम्म भएका क्रियाकलाप माथी गुनासो तथा प्रतिक्रिया को वारेमा छलफल समेत भएको थियो ।
 रुडास नेपाल का कार्यकारी प्रमुख शोभाराम डाँगी को स्वागत मन्तव्य वाट सुरु भएको कार्यक्रम मा प्रमुख अतिथी मा रुन्टीगढी गाउँपालिका का अध्यक्ष बालाराम बुढा , अतिथी हरुमा उपाध्यक्ष छमायाँ पुन , प्रमुख प्रशासकिय अधिकृत चिरञ्जीवी जि.एम., जनप्रतिनिधी,पत्रकार लगायत सम्पुर्ण रुडास नेपाल अन्र्तगत का कर्मचारी ,होलेरी वजार क्षेत्र का सेवाप्रदायक हरु,समुह का किसान हरु  को उपस्थिीती मा सम्पन्न भएको हो ।
 परियोजना ले १वर्ष सम्म गरिएको क्रियाकलाप को वारेमा परियोजना का पालिका संयोजक वासुदेव पोखे्रल द्धारा प्रष्ट पारिएको कार्यक्रम को सहजीकरण होलेरी मिडिया प्रा.लि. का सुवास चन्द ले गर्नु भएको थियो ।
Tags