Type Here to Get Search Results !

वेदु सारु मगरको नयाँ म्युजिक भिडियो 'तिमीनै त हौ' सार्वजनिक(हेर्नुहोस भिडियो सहित)

शिबराज खनाल , दाङ १६ असार गायक वेदु सारु मगरको नयाँ म्युजिक भिडियो 'तिमीनै त हौ' सार्वजनिक भएको छ । डान्सिङ् बिटमा रहेको "तिमी नै त हौ " नामक गीतमा स्वर तथा संगीत गायक वेदु सारु मगरको रहेको छ । उक्त गीतमा ब्याक भोकल बिक्रम राई र पुरुषोत्तम सुवेदीको छ भने गीत दिनेश सुवेदीले लेखेका हुन् । उक्त गीतको संगीत संयोजन उदय राज पौडेलले गरेका हुन्। २०६७ सालको भोइस अफ टिनको विजेता समेत रहेका गायक मगरले लामो समयको अन्तराल पछि यो म्युजिक भिडियो सार्वजनिक गरेका हुन। यसअघि गायक मगरले 'डोली पियारी' लगायतका मर्म स्पर्सि गीतहरु सार्वजनिक गरिसकेका थिए । दर्सक हरुले 'तिमीनै त हौ' लाई कस्तो प्रतिक्रिया दिएका छन भन्ने प्रश्न गर्दा ? मगरले दर्शक स्रोताको सकारात्मक प्रतिक्रिया प्राप्त भैरहेको बताए । म्युजिक भिडियोमा नेपाली ठिटोस टिमको दमदार नृत्य देख्न देखिन्छ । नवराज उप्रेतीले छायांकन गरेको भिडियोलाई अमृत चापागाईले सम्पादन गरेका हुन्। पहिलोपटक नेपाली ठिटोस टिमले कोरियोग्राफी गरेको भिडियोलाई सुनिल क्षेत्रीको निर्देशनमा तयार पारिएको हो । स्मिता स्नेहा इन्टरटेनमेन्टको अफ़िसिएल च्यानल बाट म्युजिक भिडियो सार्वजनिक भएको हो। विशेष गरि युबा पिडिका लागि भनेर तयार पारिएको गित तिमिनै त हौ म्युजिक भिडियोलाई माया गरिदिन गायक मगरले सम्पुर्ण दर्सकहरुमा आग्रह गरेका छन्।
https://youtu.be/QfchJya6q1Q