Type Here to Get Search Results !

रुन्टीगढी गाउकार्यपालिकाको बैठक सम्पन्न ,भ्रामक समाचारका बारेमा आपत्ती





  जेष्ठ २५ २०७७
होलेरी ,रोल्पा

  शनिवार रुन्टीगढी गाउकार्यपालिकाको बैठक सम्पन्न भएको छ । रुन्टीगढी गाउपालिकाका अध्यक्ष बालाराम बुढा को अध्यक्षतामा बैठक सम्पन्न गरिएको हो ।
  बैठकमा आगामी आर्थीक बर्ष २०७७ ÷७८ को निती तथा कार्यक्रम, रुन्टीगढी गाउपालिका भित्र का बिद्यालय कर्मचारी तथा वाल शिक्षक हरुको पोसाक भत्ता को बारेमा,रुन्टीगढी गाउपालिका भित्र उत्पादन भएका तरकारी ब्यबस्थापन तथा जेष्ठ २१ गते  क्यान
डा नेपाल न्युज मा प्रकाशन भएको समाचार को बारेमा केन्द्रीत रहेर छलफल भएको हो ।
बैठक ले रुन्टीगढी गाउपालिका भित्र का बिद्यालय कर्मचारी तथा बाल शिक्षक हरु लाइ गत आर्थिक बर्ष को पोसाक भत्ता दिने , आगामी आर्थिक बर्ष को निती तथा कार्यक्रम र बजेत निर्माण को तयारी गर्ने समेत निर्णय गरेको छ ।

क्यानडा नेपाल न्युज एक अनाधिकृत अनलाइन मिडिया भएको र यस अनलाइन मिडिया ले प्रकाशन गरेको समाचार प्रति ध्यान आर्कषण भएको जनाउदै यस समाचार लाइ खण्डन गर्दै बिज्ञप्ती  समेत निकालेको छ ।
बिज्ञप्ती मा भनियको छ, कोरोना को यो महामारी को समयमा स्थानिय सरकार ले मात्रै एक्लै केहि गर्न 
नसक्ने भएको हुँदा,सम्पुर्ण सम्वद्ध पक्ष हरु एक हुन र समस्या आपसी छलफल र राय बाट समाधान गर्न सकिने उल्लेख गरेको छ ।
गाउपालिकाले गरेको विभिन्न कार्यक्रम सम्मेलन तथा विकास निर्माण का कार्य हरु लाइ सस्तो रुपमा आँकलन गरी तथ्यहिन तरिकाले भ्रम छर्दै र गाउ सभा ले अंगिकार गरेको असल निती तथा कार्यक्रम लाइ बंगाएर तोडमोड गरेको भन्दै बिज्ञप्ती मार्फत खण्डन गरिएको छ ।

यस्तो अवस्थामा यसखाले समाचार आउनु आपत्तीजनक,भ्रामक,नियोजित र ब्यक्तीगत चरित्रहत्या गर्न खोजिएको ठहर गर्दै यो कार्य डण्डनिय भएको बिज्ञप्ती मा भनियको छ ।

अहिले को यो विशेष परिस्थीतीमा कोरोनाको जोखिम लाइ न्युनीकरण गर्न को लागी रात दिन खत्नुभएका सम्पुर्ण जनप्रतिनिधि ज्यु , स्वास्थ्यकर्मी , सुरक्षाकर्मी ,नागरिक समाज , स्थानिय समाजसेवी लगायत सम्पुर्ण लाइ रुन्टीगढी गाउपालिकाका अध्यक्ष बालाराम बुढा ले धन्यवाद दिदै , अव का दिनमा कोरोना को विरुद्ध अझै शसक्त भएर लाग्न सवैमा आग्रह गर्नु भएको छ ।
रुन्टीगढी गाउपालिकाको अध्यक्ष बालाराम बुढा को अध्यक्षतामा बसेको बैठकमा ,उपाध्यक्ष छमाया पुन,प्रमुख प्रशासकिय अधिकृत चिरञ्जीवि जि.एम.,सम्पुर्ण कार्यपालिका सदस्य हरु ,लेखा अधिकृत झग्गु के.सी.सचिवालय प्रमुख दिपक डाँगी,लगायत को उपस्थिीति मा बैठक सम्पन्न भएको रुन्टीगढी गाउपालिकाका प्रवक्ता जगत बहादुर घर्ती ले बताउनु भएको छ ।

बिज्ञप्ती को पुर्ण पाठ..

Tags