Type Here to Get Search Results !

आत्मवललाइ उच्च वनाउन ,मन संग मनका कुरा

     
रोल्पा,होलेरी
असार ४ गते
विश्वमा कोरोना महामारी को कारण अहिले दिनहुँ मानिस हरु संक्रमित हुने क्रम वढेको छ । संक्रमित हरु निको हुने क्रम पनि बढेको छ। कोरोना संक्रमित दिनदिनै बढ्दै गरेको कुरा लाई मध्यनजर गर्दै स्थानिय सरकार को वडा मा क्वारेनटाइन को पनि ब्यवस्थापन गरिएको छ । रुन्टीगढी गाउपालिका मा यहिले निमार्ण भएका क्वारेन्टाइन मा भारत तथा तेस्रो मुलुक बाट आएका स्थानिय नागरिक हरु बसेका छन् । ति क्वारेनटाइन मा वसेका स्थानिय नागरिक हरुको व्यवस्थापन कार्य रुन्टीगढी गाउपालिका ले गरेको छ ।
व्यवस्थापन कार्य गर्दा गर्दै पनी ति क्वारेनटाइन मा बसेका स्थानिय नागरिक को विभिन्न सोचाइ,सुनाइ र बुझाइ को कारण तनाव मा रहने कुरा लाइ मध्यनजर गर्दै सुरक्षित आप्रवासन परियोजना रोल्पा , विकास सरोकार समाज र रुन्टीगढी गाउँपालिका को अगुवाइ मा क्वारेनटाइन मा वसेका स्थानिय नागरिक हरु को मनोवल लाइ उच्च बनाउन को लागी (मन संग सम्वन्धीत कुरा) कार्यक्रम ल्याएको छ ।
भारत तथा तेस्रो मुलुक बाट आएको स्थानिय नागरिक हरु लाइ घरपरिवार र समाज बाट हेरिने दृष्टीकोण तथा अन्य कुरा लाइ ध्यान मा राखी यस्तो कार्यक्रम ल्याइएको हिरा डि.सी ले बताउनु भयो ।
यस्तै रुन्टीगढी ७ अन्र्तगत श्री महेन्द्र माध्यमिक विद्यालय होलेरी रोल्पा मा बसेका  २५ जना क्वारेन्टाइनवासी लाइ उनिहरु को मनका कुरा हरु लाइ बुझि आवश्यक परामर्श गरिएको  मनोसामाजिक परिचालिका दुर्गा बुढा ले जानकारी दिनु भएको छ ।
Tags