Type Here to Get Search Results !

गाउपालिका स्तरीय कर्मचारी मिलन केन्द्र गठनका लागि १७ सदस्यीय तर्दथ समिती गठन


होलेरी ,रोल्पा
असार २ गते
रुन्टीगढी गाउपालिका स्तरीय कर्मचारी मिलन केन्द्र गठनका लागि १७ सदस्यीय तर्दथ समिती गठन गरिएको छ ।
रुन्टीगढी गाउँपालिका अन्र्तगत विभिन्न सरकारी कार्यालय का कार्यालय प्रमुख तथा कर्मचारी प्रतिनिधिहरुको सामुहिक भेलाबाट उक्त तर्दथ समिती गठन गरिएको हो ।
यस समितीमा रुन्टीगढी गाउँपालिकाका प्रशासन प्रमुख ईश्वर राज पाण्डेयको अध्यक्षतामा १७ सदस्य तदर्थ समिति गठन गरिएको हो , यस्तै उपाध्यक्षमा ईलाका प्रहरी कार्यालयका प्रहरी नायब निरीक्षक धुर्बराज बोहोरा,सव डिभिजन बन कार्यालयका प्रमुख तथा सहायक बन अधिकृत दिपक शाही,शिक्षा शाखा प्रमुख अञ्जु शर्मा , सचिवमा रुन्टीगढी गाउँपालिकाका कम्प्युटर अपरेटर भागवत घिमिरे,कोषध्यक्षमा राष्ट्रिय वाणिज्य बैङ्क का विष्णु खड्का लगायतका रहनु भएको छ ।
 सो भेलाले प्रमुख जिल्ला अधिकारीलाई संरक्षकमा अनुरोध गर्ने निर्णय गरिनु का साथै उक्त तर्दथ समिती ले ३ सदस्य सल्लाहकार समिती समेत चयन गरिएको छ ।
जसमा रुन्टीगढी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत चिरञ्जीवी जि.एम.,ईलाका प्रहरी कार्यालय होलेरी रोल्पा का प्रहरी निरीक्षक मेघनाथ चाँपागाई,खड्गदल गण दहवन रोल्पा का प्रमुख धुर्व राज न्यौपाने रहनुभएको छ ।
देश संघिय संरचना मा गैसकेपछि रोल्पा जिल्लामा पहिलो पटक रुन्टीगढी गाउँपालिका मा कर्मचारी मिलन केन्द्र को स्थापना भएको मा खुसी व्यक्त गर्दै कर्मचारी हकहित को लागी सदैव साथसहयोग गर्ने कुरामा जोड दिनु भएको थियो ।
उल्लेखित तर्दथ समिती ले असार मसान्त सम्म विधान तयारी ,अधिवेशन तथा दर्ता प्रक्रिया अगाडी बढाउने निर्णय समेत गरेको छ ।
साथै यस तर्दथ समितीले कर्मचारीहरुको सामुहिक हकहित व्यक्तित्व तथा संस्थागत विकास ,सुमधुर सम्वन्ध ,सद्भाव, कार्यसम्पादनलाई व्यवस्थित र चुस्तता र मर्यादित बनाउनको लागि संविधानको संघीय संरचना वमोजिमको आवश्यकता महसुस गरी स्थानीय तहमा कर्मचारी मिलन केन्द्र गठन गरिएको रुन्टीगढी गाउँपालिकाका सचिवालय प्रमुख दिपक डाँगीले जानकारी दिनुभएको छ ।


Tags