Type Here to Get Search Results !

रोल्पाको होलेरी मा कोरोना परिक्षण को लागी ३१ जना को स्वाव संकलन


 होलेरी ,रोल्पा जेष्ठ ३२
कोभिड १९ कोरोना भाइरस को पि.सि.आर. परिक्षण गर्न को लागी रोल्पाको रुन्टीगढी गाउँपालिका महेन्द्र माध्यामिक बिद्यालय होलेरी मा ३१ जना को स्वाव संकलन गरिएको छ । भारत तथा तेस्रो मुलुक बाट आएर क्वारेन्टाइन मा बसेका स्थानिय नागरिक लाइ कोरोना भाइरस परिक्षण गर्न को लागी स्वाव संकलन गरिएको हो । स्वाव संकलन गरेर राप्ती स्वास्थ्य प्रतिष्ठान घोराही दाङ मा परिक्षण को लागी पठाइने रुन्टीगढी गाउँपालिका स्वास्थ्य शाखा संयोजक गणेश बुढा ले जानकारी दिनुभएको छ । यसको रिर्पोट आउन को लागी केहि  दिन लाग्ने समेत उहाँ ले बताउनु भएको छ ।
असार १ गते रुन्टीगढी ५ सैवाङ को भिमसेन माध्यमिक बिद्यालय मा रहेको क्वारेन्टाइन मा बसेका स्थानिय नागरिक को समेत कोरोना परिक्षण को लागी स्वाव संकलन गरिने जानकारी दिदै रुन्टीगढी गाउपालिका अध्यक्ष बालाराम बुढाले कोरोना को महामारी को यो लडाइ मा साथ र सहयोग गर्ने सम्पुर्ण स्वास्थ्यकर्मी ,सुरक्षाकर्मी,स्थानिय समाजसेवी,पत्रकार,राजनैतिक दल लगायत का लाइ सहृदय धन्यवाद दिदै आगामी दिन मा पनि यस्तै साथ र सहयोग को अपेक्षा रहेको उल्लेख गर्नुभएको थियो ।


Tags