Type Here to Get Search Results !

थप ४२१ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ९ हजार नाघ्यो

 नेपालमा कोरोना संक्रमितको संख्या ९ हजार २६ पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गरेको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वोर गौतमले पछिल्लो २४ घण्टामा ६४ महिलासहित ४ सय २१ जना नयाँ संक्रमित थपिएसँगै संक्रमितको संख्या ९ हजार २६ पुगेको जनाकारी दिए ।
पछिल्लो २४ घण्टामा कोरोना मुक्त भएर १ सय ९४ जना अस्पतालबाट डिस्चार्ज भएर घर फर्किएका छन् ।
योसहित उपचारपछि निको भएर घर फर्किनेको संख्या १ हजार ७ सय ७२ पुगेको छ । जसमा १ सय ४९ महिला रहेका छन् ।
कोरोनाबाट हालसम्म २३ जनाको मृत्यु भएको छ । २३ औं मृतक गुल्मी छत्रकोटका ६९ वर्षीय पुरुष हुन् ।
उनको गत असार ५ गते मृत्यु भएको थियो । त्यसपछि गरिएको पीसीआर परीक्षणमा पोजेटिभ आएको थियो ।
हालसम्म कोरोना ७५ जिल्लामा फैलिएको छ ।
९४ हजार ९ सय जना क्वारेन्टिनमा रहेका छन् भने ७ हजार २ सय ३१ जना आइसोलेसनमा रहेका छन् ।
पाँच सय पाँच जना रेडजोनमा परेका छन् ।
साभार. इमेज खबर 
Tags