Type Here to Get Search Results !

गङगादेव गाउपालिका रोल्पामा १४८ जनाको RDT परिक्षण ,३जनाको रिपोर्ट पोजिटिभ


जेष्ठ २९
गङगादेव गाउपालिका रोल्पामा १४८ जनाको RDT परिक्षण गरिएको छ । जसमा ३जनाको रिपोर्ट पोजिटिभ देखिएको छ । जीवन ज्योति मा.वि गङगादेव ६ रोल्पामा ३२ जनाको RDT परिक्षण गर्दा २ जनाको रिपोर्ट पोजिटिभ आए पछि ३२ जनाको pcr परिक्षण गर्ना स्वाब सङकलन गरेर राप्ती बिज्ञान प्रतिष्ठान दाङमा पठाएको छ । सिद्ध आ.वि गङगादेव ४ बसारे चौरको क्वारेन्टाइनमा भारतबाट आएका २१ जनाको RDT चेक गर्दा १ जनाको रिपोर्ट पोजिटिभ देखिए पछि आज २१ जनाको PCR परिक्षण गर्नको लागि स्वाब सङकलन गरेर दाङ पठाउना लागिएको गङगादेव स्वास्थ्य शाखा प्रमुख त्रिभुवन घर्तिले जानकारी दिनु भएको छ । ३ जनाको RDT रिपोर्ट पोजिटिभ देखिएका जीवन ज्योति मा.बिमा बसेका ३२ जना र सिद्ध आ.वि बसारेचौर बसेका २१ जनालाई PCR रिपोर्ट नआउदा सम्म  क्वारेन्टाइनमा राखिने गङगादेव गाउपालिका अध्यक्ष वीर बहादुर खत्रीले बताउनु भएको छ । जनप्रेम आ.वि सल्लिचौर क्वारेन्टाइन बसेका २६ जनाको RDT रिपोर्ट नेगेटिभ आए पछि स्वास्थ्य परिक्षण गरेर घर पठाइएको छ । पृथ्वीनारायण मा.वि गङगादेव ७ जायाचवर क्वारेन्टाइन मा ३० जनाको RDT रिपोर्ट नेगेटिभ देखिएको र स्वास्थ्य अबस्था सामन्य रहेकोले घर पठाइएको वडा नम्बर ७ का अध्यक्ष तुल बहादुर घर्तीले जानकारी दिनु भएको छ । गङगा मा. वि चौतारा क्वारेन्टाइनका ३० जनाको RDT परिक्षण गर्दा रिपोर्ट नेगेटिभ देखिए पछि स्वास्थ्य परिक्षण गरेर घर पठाइएको स्वास्थ्य शाखा प्रमुख त्रिभुवन घर्तिले जानकारी दिनु भएको छ । बालबोध आ.वि गङगादेव ५ क्वारेन्टाइनमा रहेका ९ जनाको RDT रिपोर्ट नेगेटिभ आएपछी स्वास्थ्य अबस्था सामान्य रहेकाले ९ जनालाइ घर पठाइएको गङगादेव ५ का वडा अध्यक्ष मान बहादुर डागीले बताउनु भएको छ । गङगादेव गाउपालिका रोल्पामा हाल क्वारेन्टाइनमा रहेका सबै भारतबाट आएका छन । क्वारेन्टाइन बसेका नागरिकलाई गाउपालिकाले खाद्यान्नको व्यवस्था गरेको छ भने सहयोग गर्ना सबै क्वारेन्टाइनमा स्वयंसेवक खटाएको छ । स्वास्थ्यकर्मी ,जनप्रतिनिधिले क्वारेन्टाइनमा बसेका नागरिकको स्वास्थ्य अबस्था, बसाइ व्यवस्थापनको निगरानी निरन्तर गर्ने गरिएको छ ।अझै  गङगादेव गाउपालिकाको क्वारेन्टाइनमा बसेका नागरिकको सङ्ख्या ४३० रहेको गङगादेव गाउपालिका रोल्पाका प्रेस सयोजक अशोक वली परिवर्तनले जानकारी दिनु भएको छ
Tags