Type Here to Get Search Results !

गंगादेव गाउँपालिकामा कार्यरत इन्जिनियरको एक कार्यक्रमका विच बिदाई

असार, १८ होलेरी रोल्पा 
  गंगादेव गाउँपालिका रोल्पामा कार्यरत इन्जिनियर लोकेन्द्र बहादुर वलिको एक औपचारिक कार्यक्रमका विच विदाई गरिएको छ । गंगादेव गाउँपालिका रोल्पाका निमत्त प्रमुख प्रशासकिय अधिकृत सक्कलदेव यादवको अध्यक्षता र गाउँपालिका प्रेस संयोजक अशोक वलि परिवर्तनको सञ्चालनमा भएको विदाई  कार्यक्रमको प्रमुख अतिथिमा गाउँपालिका अध्यक्ष विर बहादुर खत्रि विशिष्ट अतिथिमा गाउँपालिका उपाध्यक्ष रिता घर्ति अतिथिमा २ नं. वडा अध्यक्ष भुपाल दमाई,३ नं. अध्यक्ष जलेश कुमार के.सी रहनु भएको थियो । विदाई कार्यक्रममा गाउँपालिकामा कार्यरत कर्मचारीको उपस्थिति रहेको थियो । विदाई कार्यक्रम प्रमुख अतिथि गाउँपालिका अध्यक्ष विर बहादुर खत्रीले टिका दोसल्ला ओढाएर प्रशंसा पत्र सहित कलस प्रदान गर्नु भएको थियो । विशिष्ट अतिथि उपाध्यक्ष रिता घर्तिले टिका दोसल्ला ओढाउनु भएको थियो  । त्यस्तै वडा  अध्यक्ष, कार्यालयका सबै कर्मचारीले टिका दोसल्ला ओढाएर मायाको चिनो प्रदान गरेका थिए । गाउँपालिकामा १७ महिना करारमा कार्यरत इन्जिनियर लोकेन्द्र बहादुर वलि स्थायी इन्जिनियर नवीन डांगी गाउँपालिकामा आएको केही महिनामा विदाई हुनु भएको हो  । कार्यक्रममा विदाई भएर जाने  इन्जिनियर  लोकेन्द्र बहादुर वलिले गाउँपालिका जनप्रतिनिधि र कर्मचारीको सहयोगले काम गर्न सहज भएको बताउनु भएको छ । उक्त कार्यक्रममा गाउँपालिका अध्यक्ष विर बहादुर खत्रिले जनप्रतिनिधि र कर्मचारी एक रथका दूई पङग्रा हुनु पर्ने बताउनु भएको छ । उहाँले जनप्रतिनिधि नीतिगत रुपमा जिम्मेवारी  बन्नु पर्ने र कर्मचारी फिल्डमा परिणाम निकाल्न खट्नु पर्ने भएकोले जनतालाई सहज रुपमा सेवा प्रवाह गर्न थप मेहनत गर्नु पर्ने बताउनु भएको छ । उपाध्यक्ष रिता घर्ति,प्रशासन शाखा प्रमुख शालिकराम बस्नेत र प्राविधिक शाखा प्रमुख इन्जिनियर नवीन डांगीले विदाई मन्तव्य राख्नु भएको गाउँपालिका प्रेस संयोजक अशोक वलि परिवर्तनले  जानकारी दिनु भएको छ  ।