Type Here to Get Search Results !

रुन्टीगढी गाउँपालिका अन्र्तगत का वडाहरु मा मिनीट्रिलर वितरण


होलेरी रोल्पा,असार २७
मनोज पुन
रोल्पाको रुन्टीगढी गाउँपालिका अन्र्तगत का वडाहरु मा मिनीट्रिलर वितरण गरिएको छ ।
रुन्टीगढी गाउँपालिका अन्र्तगत कृषि शाखा र मुख्यमन्त्री ग्रामिण विकास कार्यक्रम अन्र्तगत ५० प्रतिशत अनुदान मा रुन्टीगढी गाँउपालिका का वडा हरु का किसान का लागी १७ वटा मिनीट्रिलर वितरण गरिएको हो ।  रुन्टीगढी गाँउपालिका को कृषि शाखा को प्रविधि हस्तान्तरण कार्यक्रम अन्र्तगत उक्त सामाग्री वितरण गरिएको कृषि शाखा प्रमुख हिमा पुन ले वताउनु भएको छ ।
सामाग्री हस्तान्तरण कार्यक्रम मा बोल्दै रुन्टीगढी गाउँपालिका अध्यक्ष बालाराम बुढा ले यस्ता कृषि सामाग्री ले कृषक हरु को कार्यमा सहयोग पुग्ने र कृषि उत्पादन मा बृद्धि हुने कुरा मा जोड दिनुभएको छ । देश नै कृषि मा आत्मनिर्भर भएको कारण आफ्नो पालिका मा कृषि प्रविधि सामाग्री ,तालिम लगायत कृषक हरु लाई सहज हुने खाल का कार्यक्रम ल्याउने कुरा मा समेत जोड दिनु भएको छ ।
प्रविधि हस्तान्तरण कार्यक्रम मा रुन्टीगढी गाउँपालिका का प्रमुख प्रशासकिय अधिकृत चिरञ्जीवी जि.एम.,पर्यटन फोकल पर्सन दिपक डाँगी को उपस्थिती रहेको थियो ।


Tags