Type Here to Get Search Results !

रुन्टीगढी गाउँपालिका को सातौ गाँउ सभा सम्पन्न


होलेरी रोल्पा,असार ३०
मनोज पुन
सोमवार रुन्टीगढी गाउँपालिकाको सातौ गाँउ सभा सम्पन्न भएको छ । गाँउपालिकाका अध्यक्ष बालाराम बुढा को अध्यक्षतामा गाउँसभा सम्पन्न भएको हो ।
देश जनता लाइ सम्मान गर्दै राष्ट्रिय गान संगै सुरुवात गरिएको सातौ गाँउसभा मा आर्थिक वर्ष २०७७÷७८ को वारेमा असार १० गते पेश गरिएको वजेत माथी ब्यापक छलफल समेत गरिएको छ ।




कार्यक्रममा गत असार १० गते पेश गरिएको निती  तथा कार्यक्रम माथी पेश गरिएको वजेत लाइ स्वीकृत गर्दै सातौ गाउँसभा सम्पन्न गरिएको हो ।
सातौ गाउँसभा को अन्तिम समयमा वोल्दै गाउँपालिका का अध्यक्ष बालाराम बुढाले कोरोना को यो महामारी को समयमा मा पनि स्थानिय सरकार लाई हरवखत सहयोग गर्ने सम्पुर्ण जनप्रतिनिधि , कर्मचारी स्थानिय समाजसेवि , पत्रकार लाई धन्यवाद ब्यक्त गर्नु भएको थियो ।

कार्यक्रममा उपाध्यक्ष छमायाँ पुन,प्रमुख प्रशासकिय अधिकृत चिरञ्जीवी जि.एम.लगायत सम्पुर्ण कार्यपालिका सदस्य ,जनप्रतिनिधी लगायत पत्रकारहरु को उपस्थिती रहेको थियो । कार्यक्रम को सहजिकरण प्रमुख प्रशासकिय अधिकृत चिरञ्जीवी जि.एम ले गर्नु भएको थियो ।

Tags