नेपाल कम्युनिस्ट पार्टी (नेकपा) गंगादेव ५ वडा कमिटीको कार्यकर्ता भेटघाट एवम् पार्टी प्रवेश

श्रावण ०३, रोल्पा
      नेपाल कम्युनिस्ट पार्टी (नेकपा) गंगादेव ५ वडा कमिटीको कार्यकर्ता भेटघाट एवम् पार्टी प्रवेश कार्यक्रमसिमखोलामा  सम्पन्न भएको छ । ५ नम्बर वडा कमिटी सचीव वीर बहादुर खत्रीको अध्यक्षतामा र गंगादेव गाउँ कमिटी सदस्य अशोक वली परिवर्तनको सन्चालनमा  भएको कार्यक्रममा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ५ नम्बर प्रदेश कमिटी सदस्य एवम गंगादेव गाउपालिका अध्यक्ष वीर बहादुर खत्रीको प्रमुख आतिथ्यता रहेको थियोे । उक्त कार्यक्रममा नेपाल कम्युनिस्ट पार्टी ९नेकपा ०रोल्पा जिल्ला कमिटी सदस्य निम बहादुर डागी , गाउँ कमिटी सदस्य एबम ५ नम्बर वडा अध्यक्ष मान बहादुर डागी, गाउँ कमिटी सदस्यहर  मस्त बहादुर खड्का , दिपेस बिक ,पल बहादुर वली, बालाराम खत्री लगाएत वडा कमिटीका सदस्यहरुको उपस्थितिमा कार्यक्रम भएको हो । सोही कार्यक्रममा नेपाली काङ्ग्रेस पार्टी परित्याग गरि १३ जनाले नेकपामा प्रवेश गरेका छन । प्रवेश हुने हरुमा नेपाली काङ्ग्रेस कृयाशिल सदस्य रतु खत्री , हरि बहादुर खत्री , नेपाल शिक्षक संघ गंगादेव सभापति राजेन्द्र कुमार पुन , साधारण सदस्य मन बहादुर खत्री ,पबित्रा कुमारी खत्री , मनिसा खत्री ,गिता खत्री ,राम बहादुर डागी,त्रिभुवन खत्री , पम्फा खत्री ,तिलक खत्रीले सत्तारुढ नेकपामा प्रवेश गरेका छन । नव प्रबेसी हरुलाइ कार्यक्रमका प्रमुख अतिथि नेकपाका ५ नम्बर प्रदेश कमिटी सदस्य  वीर बहादुर खत्रीले अबिर लगायर स्वागत गर्नु भएको थियो भने जिल्ला कमिटी सदस्य निम बहादुर डागिले माला लगाएर स्वागत गर्नु भएको थियोे । नव प्रबेसी रतु खत्रीले काङ्ग्रेसमा २०५७ सालदेखी कृयाशिल भएर योगदान गरे पनि मुल्यांकन  नगरेकोले पार्टी परित्याग गरेको बताउनु भएको छ ।


त्यस्तै हरि बहादुर खत्री, राजेन्द्र कुमार पुनले परिवर्तन भनेको कम्युनिस्ट बाट मात्रै हुने भएकोले धुर्बिकरण हुनु परेको बताउनु भएको छ । कार्यक्रमका प्रमुख अतिथी वीर बहादुर खत्रीले पार्टीका नाममा सपथ ग्रहण गरानु भएको थियोे । उहाले काङ्ग्रेस पार्टी परित्याग गरेर नेकपामा प्रवेश गर्नुले कम्युनिस्टले जनताको बिस्वास जितेको पुष्टि भएको बताउनु भएको छ । सिमखोलामा विद्यालय सुधार गर्न स्थानीय सरकारले लगानी गरेको र खानेपानीको व्यवस्थापन एवम सिमखोला भिरगाउ सडक ट्र्याक ओपन गर्ने प्रतिबद्धता जनाउनु भएको छ । उक्त कार्यक्रममा जिल्ला कमिटी सदस्य निम बहादुर डागिले देश बदल्न कम्युनिस्टले ठुलो योगदान गरेकोले जनतामा कम्युनिस्ट प्रती बिस्वास बढेको दाबी गर्दै नव प्रबेसिलाइ पार्टीमा ससम्मान जिम्मेवारि दिने बताउनु भएको  त्यहा बाट प्रेस संयोजक असोक वलि (परिबर्तन) ले यो खबर पठाउनु भएको छ ।
Share on Google Plus

About Radio Holeri FM

The world can be heard simultaneously on Radio Holeri FM 1.2.5 MHz and online at www.news.radioholeri.com. This radio is located at Runtigadi-6 Holeri in Rolpa district. So far the first commercial radio is in favor of commercial radio in Rolpa district. Est. 2074 /06/. 500 watt radio is currently being heard in more than 18 districts of Holeri Bazaar, which is broadcasting from its own building through an uplink in Gadhilek, now at 273 Heights of Runtigadi.ic.