Type Here to Get Search Results !

नेकपा परित्याग गरि एकै गाउँका २ दर्जन बढी युवा काङ्ग्रेसमा प्रबेश।

महेन्द्र खड्का होलेरी,असार ४ रोल्पाको रुन्टीगढी गाउँपालिकामा एकै गाउँका दुई दर्जन बढी युवा नेकपा परित्याग गरि काङ्ग्रेसमा प्रबेश गरेका छन्।रुन्टीगढी गाउँपालिका वडा नम्बर ५ हापखोलाका दुई दर्जन बढी युवाहरु शनिबार काङ्ग्रेसमा प्रबेश गरेका हुन्।देशमा नेकपाको स्पष्ट बहुमतको सरकार रहदा पनि जनताको हकहितमा काम गर्न नसकेको र हिजो चुनाबी एजेन्डामा ठुल्ठुला आसपासन देखाएर कार्यान्वयन गर्नुको साटो भ्रष्टाचार तर्फ नेताहरु उन्मुख भएकाले काङ्ग्रेस नै जनमुखी पार्टी भएको बताउँदै काङ्ग्रेसमा प्रबेस गरेको उनिहरुको भनाई रहेको छ।नेपाली काङ्ग्रेस रुन्टीगढी सभापति जनक पुन र नेपाल तरुणदल रोल्पा जिल्ला अध्यक्ष तिल बहादुर बुढाथोकी (तिलक)ले उनिहरुलाई स्वागत गर्नु भएको हो।यस्तै बितेको १० दिन भित्र रुन्टीगढीका विभिन्न वडाका ५१ घर परिवारका सयौंको संख्यामा नेकपा परित्याग गरि कांग्रेसमा प्रबेश गरेका छन्।