Type Here to Get Search Results !

कोरोना वाट वच्न,सामाजिक दुरी कायम गर्दै सचेतना कार्यक्रम सम्पन्न


होलेरी रोल्पा,असार २७
मनोज पुन
विश्वमै महामारीको रुपमा फैलिएको कोरोना भाइरस कोभिड १९ लाई मध्यनजर गर्दै रोल्पाको रुन्टीगढी गाउँपालिका  को होलेरी मा शनिवार विहान सामाजिक दुरी कायम गर्दै कोरोना भाइरस बाट वच्न को लागी गर्नुपर्ने क्रियाकलाप को वारेमा जानकारी दिदै र्याली निकालिएको छ ।
जिल्ला प्रशाासन कार्यालय रोल्पा को सुचना अनुसार रुन्टीगढी गाउँपालिका होलेरी रोल्पा तथा इलाका प्रहरी कार्यालय होलेरी रोल्पा को संयुक्त आयोजना र होलेरी वजार व्यवस्थापन समिती को सहयोग मा उक्त कार्यक्रम सम्पन्न गरिएको हो ।

र्याली मा अती जरुरी काम बाहेक घर बाहिर ननिस्कौ, निस्कन परेमा सामाजिक दुरी कायम गर्दै माक्स प्रयोग गरेर मात्र घर बाहिर निस्कौ, साबुन पानी र सेनिटाईजरको प्रयोग गरौ, कोरोना बाट आफु पनी बचौ अरुलाई पनी बचाऔ लेखिएका का प्ले कार्ड तथा माइकिङ्ग गर्दै होलेरी वजार परिक्रमा गरिएको थियो ।
कार्यक्रममा रुन्टीगढी गाउँपालिका का अध्यक्ष बालाराम बुढा, प्रमुख प्रशासकिय अधिकृत चिरञ्जीवी  जि.एम.,इलाका प्रहरी कार्यालयका प्रमुख प्रहरीनिरिक्षक मेघनाथ चापागाई, पर्यटन फोकल पर्सन दिपक डाँगी , होलेरी वजार व्यवस्थापन समिती का अध्यक्ष भुपाल वस्नेत सहितका अन्य प्रहरी कर्मचारी.हरु लगायत बुद्धिजिबी, समाजसेवी पत्रकार को उपस्थिती रहेको थियो ।


Tags