Type Here to Get Search Results !

रुन्टीगढी गाउँपालिकाका जनप्रतिनिधि तथा कर्मचारी ले ,कोरोना जोखिम भत्ता नलिने


होलेरी रोल्पा,श्रावण १४ गते   

मंगलवार रोल्पाको रुन्टीगढी गाउँकार्यपालिका को बैठक सम्पन्न भएको छ ।
गत आर्थिक वर्ष मा भएको काम कारवाही को वारेमा समिक्षात्मक कार्यक्रम राख्दै यो आर्थिक वर्ष को पहिलो बैठक मा आगामी आर्थिक वर्ष मा के कसरी काम गर्ने भन्ने कुरामा विषेश जोड दिएको थियो ।
 बैठकमा कोरोना को जाृेखिम लाई न्युनीकरण गर्न को लागी खट्नुहुने सम्पुर्ण जनप्रतिनिधि,कर्मचारी र स्थानिय समाजसेवि हरु लाइ धन्यवाद दिदै करिव २.५ महिना सम्म कोरोना को जोखिम लाइ न्युन गर्न को लागी खट्नुभएको स्वास्थ्य कर्मी ,नेपाल प्रहरी र नगर प्रहरी वाहेक अन्य सम्पुर्ण जनप्रतिनिधि र गाउँपालिका कर्मचारी ले कोरोना जोखिम भत्ता नलिने निर्णय पहिले नै भएको रुन्टीगढी गाउँपालिका का अध्यक्ष बालाराम बुढाले जानकारी दिनु भएको छ ।
कार्यक्रममा गत आर्थिक वर्ष मा भएको भएको आर्थिक क्रियाकलाप को वारेमा लेखा अधिकृत झग्गु के.सी. ले प्रष्ट पार्नु भएको छ ।
बैठक मा केही दिन अगाडी प्युठान को रुमाले मा भएको दुर्घटना मा परी ज्यान गुमाउने स्थानिय नागरिकको लागी राहत रकम उपलव्ध गराउने निर्णय समेत भएको रुन्टीगढी गाउँपालिका का प्रवक्ता जगत बहादुर घर्ती ले बताउनु भएको छ ।
रुन्टीगढी गाउँपालिका का अध्यक्ष बालाराम बुढा को अध्यक्षता ,उपाध्यक्ष छमायाँ पुन , प्रमुख प्रशासकिय अधिकृत चिरञ्जीवी जि.एम.,प्रशासन प्रमुख ईश्वरराज पाण्डे, सचिवालय प्रमुख दिपक डाँगी लगायत सम्पुर्ण कार्यपालिका सदस्य को उपस्थितीमा बैठक सम्पन्न भएको हो ।


Tags