Type Here to Get Search Results !

मुरुल्ले ताराखसे मा विधिपुर्वक हवनकुण्ड को सुरुवात



होलेरी रोल्पा,श्रावण १४ गते   

आज रोल्पाको रुन्टीगढी ६ मा रहेको मुरुल्ले ताराखसे मा आज भन्दा २० दिन अगाडी सिलन्यास गरिएको हवनकुण्ड को विधिपुर्वक सुरुवात गरिएको छ । मन्दिर लगायत अन्य कार्य को औपचारिक उद्घाटन भने मन्दिर निर्माण कार्य सम्पन्न पश्चात गरिने बताइएको छ ।रुन्टीगढी कै सवै भन्दा अग्लो स्थान मा रहेको मुरुल्ले मा अहिले हवनकुण्ड निर्माण भैसकेको र मन्दिर लगायत अन्य भौतिक संरचना हरु पनि क्रमस निर्माण गरिने मुरुल्ले ताराखसे संरक्षण समिती का अध्यक्ष चेतलाल पुन ले जानकारी दिनु भएको छ ।
आज हवनकुण्ड को विधिपुर्वक सुरुवाती को समयमा सयौं को संख्यामा श्रद्धालु भक्तजन को उपस्थिती रहेको बताइएको छ ।
 यस ऐतिहासिक,धार्मिक र पर्यटकिय स्थल मुरुल्ले ताराखसे क्षेत्र बाट उत्तर तिर का हिमश्रृङखला तथा दक्षिण का तराइ का फाँट हरु दृश्यावलोकन गर्न सकिने उहाँ को भनाई रहेको छ ।


Tags