Type Here to Get Search Results !

गंगादेव गाउपालिका रोल्पाद्वारा वडा नम्बर ४ का ७३८ घरलाइ फिल्टर बितरण

असार,१९ होलेरी रोल्पा
 


गंगादेव गाउपालिका वडा नम्बर ४ का ७३८ घरलाई फिल्टर बितरण गरिएको छ । वडा नम्बर ४ का अध्यक्ष राम बहादुर वलीको अध्यक्षता र गाउपालिका प्रेस सयोजक अशोक वलीको सन्चालनमा भएको कार्यक्रममा गाउपालिका अध्यक्ष वीर बहादुर खत्रीको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा कार्यपालिका सदस्य धनमाली खड्का , गाउपालिकाका आ।ले। शाखा प्रमुख उदय प्रकाश वली , लगाएयत वडा नम्बर ४ का ९वटा टोल बिकास समितिका अध्यक्ष , प्रत्येक घरबाट १र१ जनाको उपस्थिति रहेको थियो ।



गाउपालिका अध्यक्ष एवम् कार्यक्रमका प्रमुख अतिथि वीर बहादुर खत्रीले जेष्ठ नागरिक मन बहादुर वली , ९ वटा टोल बिकास समितिका अध्यक्षलाई फिल्टर बितरण गरेर उदघाटन गर्नु भएको थियो । जनतालाइ शुद्ध पानी व्यवस्थापनको लागि मुख्यमन्त्री ग्रामीण बिकास कार्यक्रम अन्तर्गतको ८ लाख बजेट मार्फत बितरण गरिएको गाउपालिका वीर बहादुर खत्रीले बताउनु भएको छ । उहाले फिल्टरलाई सहि सदुपयोग गर्नु पर्ने र प्रयोग गरेको अनुगमन समेत गरिने बताउनु भएको छ । वडा नम्बर ४ को कार्यालय म्वालेखोलामा फिल्टर बितरण आयोजना गरिएको प्रती स्थानीयले खुसी व्यक्त गरेका छन । कार्यक्रमको समापन गर्दै वडा नम्बर ४ अध्यक्ष राम बहादुर वलीले जनताको लागि यो युनिक कार्य भएको बताउदै गाउपालिकाले फिल्टर बितरण कार्यक्रम गरेको प्रती धन्यवाद व्यक्त गर्नु भएको गापालिका प्रेस सयोजक अशोक वली परिवर्तनले जानकारी दिनु भएको छ ।