Type Here to Get Search Results !

मुरुल्ले ताराखसेमा हवनकुण्ड को शिलन्यास


होलेरी रोल्पा,असार ३०
मनोज पुन
सोमवार रोल्पाको रुन्टीगढी गाउँपालिका वडा नं ६ को मुरुल्ले ताराखसेमा एक कार्यक्रमका विच हवनकुन्ड को शिलन्यास गरिएको छ ।
रुन्टीगढी गाउँपालिकाका अध्यक्ष बालाराम बुढा ले उक्त हवनकुन्ड को शिलन्यास गर्नुभएको हो ।
पर्यटन को सम्भावना वोकेको उक्त क्षेत्रमा पर्यटन प्रर्वधन गर्न को लागी अहिले स्थानिय जनता लागी परिरहेको र स्थानिय सरकार को पनि सहयोग को अपेक्षा समेत गरेको मुरुल्ले ताराखसे म्याग्जीनगढी का तर्दथ समिती का अध्यक्ष चित्र बहादुर पुन ले वताउनु भएको छ ।

हवनकुन्ड को शिलन्यास गर्दै अध्यक्ष बुढाले मुरुल्ले ताराखसे क्षेत्र एउटा रुन्टीगढी कै पर्यटन को लागी सम्भावना वोकेको क्षेत्र भएको ले यस क्षेत्र लाइ चिनारी दिन को लागी स्थानिय जनता लागी परेको देख्दा खुशी ब्यक्त गर्दै यस क्षेत्र को पर्यटन प्रर्वधन को लागी स्थानिय सरकार बाट गर्नु पर्ने काम को लागी आफु तयार रहेको कुरामा पनि जोड  दिनु भएको छ ।
मुरुल्ले ताराखसे म्याग्जीनगढी का तर्दथ समिती का अध्यक्ष चित्र बहादुर पुन को अध्यक्षता मा भएको कार्यक्रममा रुन्टीगढी गाउँपालिका अध्यक्ष बालाराम बुढा,गोविन्द घर्ती,केशवराज चन्द,याम बहादर थापा,लगायत स्थानिय जनता को सहभागिता रहेको कार्यक्रममा सहजीकरण सुवास चन्द ले गर्नुभएको थियो ।

Tags