गंगादेव गाउपालिका रोल्पाका अध्यक्षद्वारा बर्थिङ सेन्टरको उद्घाटन

असार,२२ होलेरी रोल्पा
 गंगादेव गाउपालिका रोल्पाका अध्यक्षद्वारा वडा नम्बर २ र ३ को सिमाना गमथलेमा बर्थिङ सेन्टरको उद्घाटन सम्पन्न भएको छ । गंगादेव स्वास्थ्य शाखा प्रमुख त्रिभुवन सिंह घर्तिको अध्यक्षता र गाउपालिका प्रेस सयोजक अशोक वली परिवर्तनको सन्चालनमा भएको कार्यक्रममा गाउपालिका अध्यक्ष वीर बहादुर खत्रीको प्रमुख आतिथ्यता रहेको थियो भने विशिष्ट अतिथिमा गाउपालिका उपाध्यक्ष रिता घर्ती रहनु भएको थियोे । कार्यक्रममा वडा नम्बर २ का अध्यक्ष भुपाल दमाई ,वडा नम्बर ३ का अध्यक्ष जलेश कुमार केसि , शिक्षा शाखा प्रमुख शेर बहादुर डागी, नेपाल कम्युनिस्ट पार्टी ९नेकपा ०का जिल्ला सदस्य पल बहादुर बिक,नेपाली काङ्ग्रेस गंगादेव प्रतिनिधि भिम बहादुर वली , बिरेन्द्र माबी नाउलिका व्यवस्थापन समितिका अध्यक्ष कृष्ण डागी,आमा समुहका अध्यक्ष पानकली बिक स्वास्थ्यकर्मी लगाएयत स्थानीयको सहभागीता रहेको थियोे । अघिल्लो आर्थिक बर्ष ०७५र०७६ मा निर्माण गरिएको २ कोठे भवनमा गाउपालिका अध्यक्ष वीर बहादुर खत्री द्वारा रिवन काटेर बर्थिङ सेन्टरको उदघाटन गरिएको हो ।



 कार्यक्रमका प्रमुख अतिथी गाउपालिका अध्यक्ष वीर बहादुर खत्रीले स्वास्थ्य क्षेत्रलाई प्राथमिकता दिएर यसै आ।व मा ३ वटा वडामा आधारभुत स्वास्थ्य केन्द्र स्थापना गरेर सेवा प्रबाह भैरहेको बताउदै यो बर्थिङ सेन्टरबाट निरन्तर सेवा प्रवाह हुने जानकारी गराउनु भएको छ । कार्यक्रमका विशिष्ट अतिथि गाउपालिका उपाध्यक्ष रिता घर्तिले महिलाहरुको लागि अत्यन्तै राम्रो कार्यक्रम भएको बताउनु भएको छ । उहाले पहिले सुत्केरीलाई जिनावाङ स्वास्थ्य चौकी जान बाटो अप्ठ्यारो भएकोले असहज थियोे भने अब घर नजिकै सहज रूपमा सुत्केरी गराउन सकिने बिश्वास व्यक्त गर्नु भएको छ । वडा नम्बर २ का बडामेला गाउँ, रमाइ गाउँ र वडा नम्बर ३ का नाउली गाउँ,घोर्नेटा भालुमारेका बासिन्दालाइ प्राथमिकतामा राखेर बर्थिङ सेन्टरको स्थापना गरिएको को ३ नम्बर वडा अध्यक्ष जलेश कुमार केसिले बताउनु भएको छ ।कार्यक्रम वडा नम्बर २ का अध्यक्ष भुपाल दमाइले भौगोलिक बिकटता भएका गाउमा बर्थिङ सेन्टर बनाएकोमा गाउपालिकालाइ धन्यवाद व्यक्त गर्नु भएको थियो । सोही क्रममा गाउपालिका शिक्षा शाखा प्रमुख शेर बहादुर डागिले स्वास्थ्य क्षेत्र संवेदनसिल भएको र गाउपालिकाले बर्थिङ सेन्टर स्थापना गरेको प्रती खुसी व्यक्त गर्नु भएको छ । उक्त बर्थिङ सेन्टरमा मुख्यमन्त्री ग्रामीण बिकास कार्यक्रम अन्तर्गत २लाख बजेटमा स्वास्थ्य सामाग्री, औसधि , फर्निचर , भाडाकुडा र सिलिन्डर ग्यास खरिद गरिएको र बर्थिङ सेन्टरमा कार्यरत अनमी यसोदा वलीलाइ हस्तान्तरण गरिएको छ । बर्थिङ सेन्टर स्थापना भए पछि आमा समूह , बुद्धिजिबि,युवाले खुसी व्यक्त गरेका छन । स्थानीयले गाउपालिकाले शिक्षा, स्वास्थ्य ,कृषिमा लगानी गरेर जनताको मन जित्दै गएको प्रतिक्रिया दिएको गाउपालिका प्रेस सयोजक अशोक वली परिवर्तनले जानकारी दिनु भएको छ ।
Share on Google Plus

About Radio Holeri FM

The world can be heard simultaneously on Radio Holeri FM 1.2.5 MHz and online at www.news.radioholeri.com. This radio is located at Runtigadi-6 Holeri in Rolpa district. So far the first commercial radio is in favor of commercial radio in Rolpa district. Est. 2074 /06/. 500 watt radio is currently being heard in more than 18 districts of Holeri Bazaar, which is broadcasting from its own building through an uplink in Gadhilek, now at 2119 Heights of Runtigadi.ic.