Type Here to Get Search Results !

होलेरी कोदारी डाडामा निर्माण भएको हेलीप्याड स्थानिय सरकारलाई हस्तान्तरण


होलेरी रोल्पा,असार २२
मनोज पुन
रोल्पाको रुन्टीगढी गाउँपालिका ६ कोदारी डाँडामा निर्माण गरिएको हेलिप्याड आज एक कार्यक्रमका विच रुन्टीगढी गाउँपालिकालाई हस्तान्तरण गरिएको छ । स्थानिय सरकार रुन्टीगढी गाउँपालिकाको पहलमा र नेपाली सेनाको सक्रियतामा हेलिप्याड निर्माण गरिएको हो । रु पाँच लाख बजेटमा निर्माण भएको हेलिप्याडमा साना तथा ठुला हेलीकप्टरहरु बस्न सक्ने जनाइएको छ  । खड्गदल गण सु गुल्म दहवन पोष्ट द्धारा निर्माण भएको उक्त हेलिप्याडको रुन्टीगढी गाउँपालिकाका अध्यक्षले उद्घाटन गर्नुभएको हो  ।

उद्घाटन कार्यक्रममा बोल्दै सेनानी चुडामणि पौडेलले निर्माण भएको हेलिप्याड स्थानिय सरकारलाई हस्तान्तरण गरि सकेको र अव यसको संरक्षण स्थानिय सरकार र नागरिकको भएको समेत उहाँले बताउनु भएको छ  । कार्यक्रममा बोल्दै रुन्टीगढी गाउँपालिका अध्यक्ष बालाराम बुढाले,यहाँका स्थानिय नागरिकलाई अति आवश्यक भएको खण्डमा प्रयोगको लागि निर्माण गरिएको बताउदै यसको संरक्षणको लागि रुन्टीगढी गाउँपालिकाको अहम भूमिका रहने कुरा उल्लेख गर्दै यस निर्माण कार्यमा खट्नु भएका सम्पूर्ण नेपाली सेनाहरुलाई धन्यबाद तथा आभार व्यक्त गर्नुभएको थियो । क्याप्टेन धुर्व न्यौपानेले सहजीकरण गर्नुभएको उक्त कार्यक्रममा रुन्टीगढी गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत चिरञ्जीवी जि.एम, इलाका प्रहरी कार्यलय होलेरीका प्रहरी निरक्षक मेघनाथ चाँपागाई लगायत जनप्रतिनिधिहरुको उपस्थितिमा हस्तान्तरण कार्यक्रम सम्पन्न गरिएको हो ।।
Tags