Type Here to Get Search Results !

गंगादेव गाउपालिका रोल्पामा नेपाली सेनाद्वारा हेलि प्याड निर्माण सम्पन्न

   असार,२३ होलेरी रोल्पा
 गंगादेव गाउपालिका रोल्पाको सुख्खा ओढारमा नेपाली सेना द्वारा हेलि प्याड निर्माण सम्पन्न भएको छ । उक्त हेलि प्याड निर्माण कोकाम निर्धारित समयमै सम्पन्न गरेर आज एक कार्यक्रमका बिच गाउपालिकालाइ हस्तान्तरण गरिएको छ ।खड्गदल गण रोल्पाका सह सेनानी अमिर लामाले बुझ बोदार्थको भर्पाइ गराएर गाउपालिका अध्यक्ष वीर बहादुर खत्रीलाई  हेलि प्याड निर्माणको फाइल हस्तान्तरण गर्नु भएको हो । उक्त कार्यक्रममा  गाउपालिका अध्यक्ष वीर बहादुर खत्री , गाउपालिका उपाध्यक्ष रिता घर्ती,निमित्त प्रमुख प्रशासकीय अधिकृत सक्कलदेव यादव ,वडा नम्बर २ का अध्यक्ष भुपाल दमाइ , वडा नम्बर ३ का अध्यक्ष जलेश कुमार केसि ,वडा नम्बर ५ का अध्यक्ष मान बहादुर डागी,वडा नम्बर ६ का अध्यक्ष वीर बहादुर वली,वडा नम्बर ७ का अध्यक्ष तुल बहादुर घर्ती,सह सेनानी अमीर लामा,गाउपालिका प्रेस सयोजक अशोक वली परिवर्तन  लगाएतको उपस्थितिमा हस्तान्तरण गरिएको हो । प्राकृतिक बिपत्ति र आपतकालीन घटनाको उद्दारको लागि हेलि प्याड निर्माणको लागि आन्तरिक मामिला तथा कानुन मन्त्रालय ५ नम्बर प्रदेशको ५ लाख बजेट बिनियोजन गरे सङगै   जिल्ला प्रशासन कार्यालय रोल्पाले उक्त हेलिप्याड निर्माणको जिम्मा  खडगदल गण रोल्पालाई दिएको थियोे  ।


नेपाली सेनाले हेलि प्याड निर्माणको काम  निर्धारित समयमा सम्पन्न गरेको प्रती गाउपालिका अध्यक्ष वीर बहादुर खत्रीले  खडग दलगण रोल्पा र बजेट बिनियोजन गरेको प्रती आन्तरिक मामिला तथा कानुन मन्त्रालय लाइ धन्यवाद व्यक्त गर्नु भएको छ ।उहाले  सेनाले गरेको निर्माणको कामबाट स्थानीयले पनि प्रेरणा लिनु पर्ने बताउनु भएको छ ।  गाउपालिकामा पहिलो पटक हेलि प्याड निर्माण भए पछि स्थानीयले खुसी व्यक्त गरेको गंगादेव गाउपालिका रोल्पाका प्रेस सयोजक अशोक वली परिवर्तनले जानकारी दिनु भएको छ ।