Type Here to Get Search Results !

१ महिने होजियारी पुर्नताजगी तालिम समापन कार्यक्रम रुन्टीगढी ६ मा सम्पन्न



होलेरी रोल्पा , असार २५
रुन्टीगढी गाउँपालिका वडा नं ६ को आयोजनामा भएको एक महिने होजियारी पुर्नताजगी तालिम समापन कार्यक्रम सम्पन्न भएको छ । उक्त तालिमको समापन कार्यक्रम रुन्टिगढी ६ खारामा गरिएको हो ।
रुन्टीगढी गाउँपालिका ६ नं का वडा अध्यक्ष जगत बहादुर घर्तिको सभाध्यक्षमा भएको कार्यक्रममा अतिथिमा प्रशिक्षक लक्ष्मी डांगी रहनु भएको थियो ।
होजीयारी तालिम अन्र्तगत सुइटर,गलबन्दी,टोपी बुनाइका सिपहरु सिकेको बताउदै सहभागी १२ जनाहरुले यी सिकेको सिपहरुलाई व्यवहारमा लागु गरि आयआर्जनमा बृद्धि गर्ने कुरामा जोड दिएका थिए । कार्यक्रममा बोल्दै ६ नं वडा समितिका अध्यक्ष जगत बहादुर घर्तिले निरन्तर आयस्रोत दिने खालका सिप मुलकहरु तालिम दिदै गर्ने र स्थानिय महिलाहरुलाई आत्मनिर्भरको लागि यस कार्यक्रमले सहयोग गर्ने कुरामा आशा व्यक्त गर्नु भएको थियो । कार्यक्रमको सहजीकरण वडा सचिव भागवत  घिमिरेले गर्नु भएको थियो ।

Tags