Type Here to Get Search Results !

गंगादेव गाउपालिका वडा नम्बर २ रोल्पाद्वारा २९९ घरधुरीलाई सोलार बितरण

गंगादेव गाउँपालिका वडा नम्बर २ रोल्पामा २९९ घरधुरीलाई सोलार बितरण कार्यक्रम सम्पन्न भएको छ । वडा नम्बर २ का अध्यक्ष भुपाल दमाइको समन्वयमा गाउँपालिकाका अध्यक्ष वीर बहादुर खत्रीबाट बितरण गरिएको हो ।अध्यक्ष खत्रीले सोलार बितरण कार्यक्रममा आर्थिक सहयोग गर्ने आसा प्रोजेक्टलाई धन्यवाद दिनु भएको छ । उहाले गाउँपालिकाले सबै वडालाई आवश्यकताका आधारमा प्राथमिकता दिने बताउदै स्थानीय सरकार जनताको लागि प्रत्येक्ष सरोकार राख्ने निकाय भएको दाबी गर्नु भएको छ । बिजुलीको पहुच नपुगेका ठाउँमा अध्यारोमुक्त गर्न सोलार बितरण गरिएको वडा अध्यक्ष भुपाल दमाइले बताउनु भएको छ ।जसमा वडा नम्बर २ बडामेलामा ९९ घर,घरबिर टोलमा ६६,  डाँडागाउँमा ३३ र ओइलाममा १०० घरधुरीलाई सोलार बितरण गरिएको छ । आसा प्रोजेक्ट रोल्पाको आर्थिक सहयोगमा २९९ घरधुरीलाई  ५० वाटको एक एक सेट सोलार बितरन गरिएको छ । ५० वाटको सोलारको भ्याट रकम १३% का दरले तिरेको वडा अध्यक्ष भुपाल दमाईलाई उदृत गर्दै गाउपालिका प्रेस सयोजक अशोक वली परिवर्तनले जानकारी दिनु भएको छ ।