बिद्यार्थी नेता बन्दिपुरेको उपचारका लागि सहयोग रकम हस्तान्तरण

गंगा बि.एम.
१७ शनिबार २०७७
भनिन्छ स्वस्थ्यनै धन हो स्वास्थ्य ठीक भयो भने जीवनमा हरेक काम गरिन्छ र सम्भव छ। विद्यार्थी जीवनमा बिद्यार्थी संगठनमा रहि बिद्यार्थी हक ,अधिकारका लागि लडेका त्रिबेणी गाउँपालिका-२ निवासी विद्यार्थी नेता चन्द्रलाल बन्दिपुरे यतिबेला अस्पतालको शैयामा उपचारत हुनुहुन्छ। घरको आर्थिक अवस्था कमजोर रहेको र केही भएको रकम पनि उपचारकै क्रममा सिद्धिएको पारिवारिक श्रोतले बताएको छ।
यसै क्रममा बिद्यार्थी नेता बन्दिपुरेको उपचारका लागि भनेर एक बर्ष अगाडि त्रिबेणी- ४रोल्पा निवासी प्रतिज्ञा मगरको संयोजकत्वमा ७ सदस्यीय सहयोग समिती गठन भएको थियो।उक्त समितिले विभिन्न संघ सस्था , सहयोगी मन,बिदेशमा रहनुभएका विभिन्न व्यक्ति आदि सङ्ग सहयोग माग गरेको थियो।
शनिबार एक औपचारिक कार्यक्रमको आयोजना गरि बिद्यार्थी नेता बन्दिपुरेका जीवन संगिनी रामकुमारी बन्दिपुरेलाई बैंक खातामा रहेको रकमको चेक र नगद रुपैयाँ गरि रु.३,३२,८१५ (तीन लाख बत्तीस हजार आठ सय पन्ध्र ) रुपैयाँ हस्तान्तरण गरिएको हो। शनिवार भएको सहयोग रकम हस्तान्तरण कार्यक्रममा सहयोग समितिका संयोजक प्रतिज्ञा मगरको सभापतित्व एब अन्य अतिथीहरुमा त्रिबेणी-२ का वडा अध्यक्ष कबिराज बुढा , त्रिबेणी- ४ का वडा अध्यक्ष भिमबहादुर खत्री , वडा नं. -२ का वडा सदस्य धन बहादुर बस्नेत, नेपाल कम्युनिस्ट पाटी (ने.क.पा.) का जिल्ला सदस्य गंगा प्रसाद घर्ती (सुर्य), सत्तारूढ ने.क.पा. त्रिबेणी-४ का अध्यक्ष उदिराम बुढा , सद्स्य भिम बहादुर सार्की, त्रिबेणी- २ का वडा सचिव चुडामणि देवकोटा आदिको उपस्थिती रहेको थियो। उक्त कार्यक्रममा बोल्दै ने.क.पा. जिल्ला सद्स्य सुर्यले रोल्पाका सबै स्थानीय तहमा सहयोगको अपिल समेत नगरेको र बिस्वमा महामारी रुप लिएको कोभिड 19(कोरोना)ले समेत सहयोग रकम सङ्कलन गर्न मुश्किल परेको बताउनु भयो र अझै हामिले आ - आफ्नो तह र तप्काबाट सहयोग रकम सङ्कलन गर्नुपर्छ भन्नूभयो। उता चन्द्रलाल बन्दिपुरेका जीवन संगिनी रामकुमारी बन्दिपुरेले हाल सम्म सहयोग गर्ने सहयोगी मनहरुलाई धन्यबाद तथा आभार व्यक्त गर्नुभएको छ। उक्त कार्यक्रममा बोल्दै रामकुमारीले यहाँहरुको यस्तै सहयोगले मेरो जीवन साथिको स्वास्थ्यमा क्रमश सुधार आउदै सन्चो हुनेछ र अझै पनि कोहि कसैले सहयोग गर्न चाहे सहयोगको अपिल समेत गर्नुभयो।
सहयोग समिती संयोजक प्रतिज्ञा मगरले आज यो रकम हस्तान्तरण गरेता पनि अभियान जारी रहेको जानकारी दिनुभयो। उक्त कार्यक्रमको सन्चालन घायल क्षितिजले गर्नुभएको थियो भने अन्य अतिथीहरुले बिद्यार्थी नेता बन्दिपुरेको उपचारमा सहयोग गर्न सबैमा अनुरोध गरेका थिए।
Share on Google Plus

About Radio Holeri FM

The world can be heard simultaneously on Radio Holeri FM 1.2.5 MHz and online at www.news.radioholeri.com. This radio is located at Runtigadi-6 Holeri in Rolpa district. So far the first commercial radio is in favor of commercial radio in Rolpa district. Est. 2074 /06/. 500 watt radio is currently being heard in more than 18 districts of Holeri Bazaar, which is broadcasting from its own building through an uplink in Gadhilek, now at 273 Heights of Runtigadi.ic.