Type Here to Get Search Results !

रुण्टी गढि गाउँपालीकामा नेकपाका ४ जना युवाहरु नेपाली काग्रेसमा प्रवेश

हिमाली खड्का

श्रावन ३० साउन । 

रुण्टी गढि गाउँपालीका वडा नं. ४ मा नेकपाका ४ जना युवाहरु नेपाली काग्रेसमा प्रवेश गरेका छन् । रोल्पाको रुण्टिगढि गाउँपालीका वडा नं. ४ का खोल बहादुर घर्ती, राम बहादुर घर्ती, नुम राज परियार, सुरेन्द्र सेन ४ जना नेपाल कम्युनिस्ट पार्टि नेकपा भ्रस्टाचारमा लिप्त भएको र जनतालाई दुःख दियको भन्दै नेकपालाई परित्याग गरि नेपाली काग्रेसमा प्रवेश गरेको उनिहरुले जनाएका छन् ।

त्यस्तै स्थानीय सरकार बाटै विभिन्न प्रलोभन देखाई भर्खरै नेकपामा प्रवेश गरेका रुन्टीगढी गाउपलिका वडा नम्बर ३ नेपाली कांग्रेसका पुर्ण बहादुर राणा, लक्षीराम पुन, भिम कुमर घर्ती, जोगेन्द्र बि क, भिम बहादुर हमाल, बिरेन्द्र हमाल, रोम प्रसाद पुरी, मुमासिङ बिक, तील बहादुर बिक, शोभाराम पुरी, बालराम घर्ती, कबिराम बुढा, पुर्ण बहादुर घर्ती, मोखलाल पुन लगायत पुःन नेपाली काग्रेसमा फर्किएको हुदा उनिहरुलाई पुनःस्वागत गरिएको नेपाली काग्रेस रुण्टिगढि गाउँपालीकाले जनाएको छ ।