Type Here to Get Search Results !

नेपाल कम्युनिष्ट पाटी परित्याग गरी रुन्टीगढिमा पछिल्लो १ महिनामा १०० भन्दा बढि कांग्रेसमा प्रबेश


होलेरी रोल्पा,भदौ १ गते

 नेपाल कम्युनिष्ट पाटी नेकपाका सदस्यहरु रुन्टीगढिमा पछिल्लो १ महिना मा नेकपा छोडी १०० भन्दा बढिले नेपाली कांग्रेसमा प्रबेश गरेका छन् । 

रुन्टीगढी १ का रुन्टीगढी गाउपालिका शिक्षक संगठनका सदस्य हर्क बहादुर पुन को नेतृत्वमा ४ जना, रुन्टीगढी गाउपालिका २ का १० बर्ष युद्ध लदेका जनसेना संगै ८ जना, रुन्टीगढी ८ का १८ जना,रुन्टीगढी ४ रोल्पाका ५ जना,  रुन्टीगढी ३ का १८  जना, रुन्टीगढी ५ का टोपेन्द्र घर्ति तथा हरि बिकको नेतृत्वमा २३ जना, रुन्टीगढी ७मा१३ जना नेपाली कांग्रेस मा पाटी प्रवेश गरेको नेपाली कांग्रेस रुन्टीगढी गाउपालिकाका सभापती जनक पुन ले जानकारी दिनुभएको छ ।

नेपाल कम्युनिष्ट पाटी आफ्नो सरकार हुदाँहुदै पनी जनअपेक्षा अनुसार काम गर्न नसकेको भन्दै नेपाली कांग्रेस मा प्रवेश गरेको सभापती पुन ले जानकारी दिनुभएको छ।


Tags