Type Here to Get Search Results !

रुन्टीगढी गाउँपालिकाको होलेरीमा सहिदमार्ग सडकखण्ड को कार्यदल को वैठक आज हुदै

होलेरी रोल्पा,भाद्र २ गते

रुन्टीगढी गाउँपालिकाको होलेरीमा सहिदमार्ग सडकखण्ड कार्यदल को वैठक आज हुने भएको छ । कार्यदल का प्रमुख तथा घोराहीउपमहानगरपालिका प्रमुख नरुलाल चौधरी को संयोजकत्व मा  होलेरी मा हुने सर्वपक्षिय बैठक मा रुन्टीगढी गाउँपालिका ले सहजीकरण गर्ने बताइएको छ । विभिन्न सिमेन्ट उद्योग द्धारा संचालन गरिएका कच्चापर्दाथ वोक्न प्रयोग गरिएका टिप्पर हरु र वर्षा को कारण विग्रिएको सहिदमार्ग को वारेमा विभिन्न गुनासो आएको भन्दै रुन्टीगढी गाउँपालिका होलेरी रोल्पाले पैदल यात्रु तथा सवारी साधन को सहजता लाई ध्यान राख्दै गत श्रावण १३ गते सहिदमार्ग लाई सुधार गर्न को लागी आवश्यक पहलकदमी चाल्न को लागी निर्णय गरेको थियो । आज हुने सर्वपक्षिय बैठकमा सहिदमार्ग सुधार सम्वन्धी अल्पकालिन योजना तथा दिर्घकालिन योजना को वारेमा बृहत छलफल हुने रुन्टीगढी गाउँपालिकाका अध्यक्ष बालाराम बुढाले जानकारी दिनुभएको छ । यस्तै जिल्ला प्रशासन कार्यालय दाङको आयोजनामा शनिवार प्रदेश ५ का आन्तरिक मामिला,न्याय तथा कानुन मन्त्री कुल प्रसाद केसी सहित वसेको सर्वपक्षिय वैठक सम्पन्न भएको छ । होलेरी सडकखण्ड कालोपत्रे गरेको डेढ वर्ष नबित्दै दैनिक दर्जनौ टिप्पर संचालन तथा वर्षायाम मा हुने पहिरो का कारण जीर्ण बनेको घोराही होलेरी शहिद मार्गमा पैदल यात्रु तथा सवारी साधन लाई सहज रुपमा आवतजावत गर्न को लागी तत्काल सडकखण्डमा ग्राभेल गर्ने निर्णय गरेको छ । घोराही होलेरी सडकखण्ड को अनुगमन तथा सहजीकरण को लागी घोराहीउपमहानगरपालिका प्रमुख नरुलाल चौधरी को संयोजकत्व मा समिती समेत गठन भएको छ ।सहिद मार्ग को लागी समिती मा रुन्टीगढी गाउँपालिका का अध्यक्ष बालाराम बुढा,प्रमुख जिल्ला अधिकारी नरेन्द्र कुमार राना,.प्रहरी प्रमुख चित्र बहादुर गुरुङ,घाराही सिमेन्ट तथा सोनापुर सिमेन्ट प्रा.लि. का प्रतिनिधि सदस्य र सडकडिभिजन प्रमुख सदस्य सचिव रहेको अनुगमन तथा सहजीकरण समिती समेत गठन गरिएको छ। सडक को क्षमता भन्दा वढी सिमेन्ट उद्योग का टिप्पर हरुले चुनढुङ्गा वोक्ने गरेको कारण सडकखण्ड को कालोपत्रे उप्कीएको निमार्ण व्यवसायी ले जनाएका छन् । त्यसको लागी सिमेन्ट उद्योग ले चुनढुङ्गा वोक्ने ठाउँमै तौल काँटा राख्ने र त्यसको अनुगमन को लागी यातायात ब्यवस्था कार्यालय र ट्राफिक प्रहरी लाई लेखि पठाउने समेत निर्णय गरिएको छ ।आज  रुन्टीगढी गाउँपालिका होलेरी मा हुने कार्यक्रममा प्रदेश सभा सदस्य दिपेन्द्र पुन सिजल ,घोराहीउपमहानगरपालिका प्रमुख नरुलाल चौधरी,रुन्टीगढी गाउँपालिकाका अध्यक्ष बालाराम वुढा,रोल्पा का प्रमुख जिल्ला अधिकारी नरेन्द्र कुमार राना, दाङका प्रमुख जिल्ला अधिकारी गोविन्द प्रसाद रिजाल, ,दाङका प्रहरी प्रमुख गणेश चन्द,रोल्पा का प्रहरी प्रमुख चित्र वहादुर गुरुङ,कार्यदल सदस्य सचिव तथा सहिदमार्ग सडक आयोजना प्रमुख विष्णु पाण्डे सोनापुर सिमेन्ट,सम्रात सिमेन्ट र घाराही सिमेन्ट प्रा.लि.को प्रतिनिधि लगायतको उपस्थिती रहने बताइएको छ ।

Tags