Type Here to Get Search Results !

होलेरी घोराही सडकखण्ड अन्र्तगतको कार्यदलको बैठक सम्पन्न







होलेरी रोल्पा, भाद्र २ गते 

होलेरी घोराही सडकखण्ड अन्र्तगतको कार्यदलको बैठक आज रुन्टिगढी गाउँपालिका होलेरीमा सम्पन्न भएको छ  । घोराही उपमहानगरपालिकाका प्रमुख तथा कार्यदलका प्रमुख नरुलाल चौधरीको संयोजकत्व मा कार्यक्रम सम्पन्न भएको हो । बैठकमा उपस्थित हुनु भएका सम्पूर्ण अतिथिहरुले सहिदमार्गको सुधारको लागि अल्पकालिन र  दीर्घकालिन योजनाको बारेमा आफ्नो भनाइहरु राख्नु भएको थियो । कार्यक्रमा बोल्दै कार्यदल प्रमुख  नरुलाल चौधरीले सहिदमार्गको आफ्नो इतिहास र धेरै जिल्लाहरु जोड्ने सडकखण्ड भएकोले यसलाई सुधार गर्नको लागि उद्योग व्यवसायी , टिप्पर व्यवसायी ,स्थानिय सरकार  एकजुट भएर लाग्नु पर्ने कुरामा जोड दिनु भएको थियो  ।  


यस्तै बैठकमा बोल्दै  प्रदेश सभा सदस्य रोल्पाका दिपेन्द्र पुन सिजल ले सहिदमार्गलाई तत्काल सुधार गर्नुपर्ने र  औद्योगिक मार्गको लागि तत्काल पहलकदमी चाल्नु पर्ने कुरामा जोड दिनु भएको थियो । होलेरी घोराही सडकखण्डमा गरिएको कालोपत्रे डेढ बर्ष नपुग्दै उप्कीएपछि बाटोको अवस्था साह्रै नाजुक भएको हुनाले, पैदलयात्रु तथा सवारी साधनलाई सहजरुपमा आवात जावत गर्नको लागि सम्पूर्ण सिमेन्ट उद्योगीहरु जिम्मेवार भएर सहिदमार्गलाई मर्मत गर्नुपर्ने रुन्टिगढी गाउँपालिकाका अध्यक्ष बालाराम बुढाले बताउनु भयो ।  


आज बसेको कार्यदलको बैठकले सहिदमार्गमा भएको समस्याको अल्पकालिन समाधानका लागि नाली सफा गर्ने कार्य योजना कार्यलय मार्फत गर्ने, सडकखण्डको मर्मत तथा खाल्डाखुल्डी पुर्ने कार्य टिप्पर व्यवसायीले  ढुवानी गर्ने र ग्राभेल घोराही उपमहानगरपालिकाले गर्ने निर्णय भएको छ । यस्तै ठुला खाल्डाखुल्डी पुर्ने कार्यको लागि आवश्यक ढुङ्गा लगायतको सामग्री रुन्टिगढी गाउँपालिकाले उपलब्ध गराउने भएको छ  । सहिदमार्गको दीर्घकालिन योजना अन्र्तगत बैकल्पिक औद्योगिक सडक निमार्णको लागि प्रदेश सरकार भौतिक पूर्वाधार विकास मन्त्रालयमा अनुरोध गर्ने समेत निर्णय गरिएको छ । 


कार्यक्रममा प्रदेश सभा सदस्य दिपेन्द्र पुन सिजल,घोराही उपमहानगरपालिकाका प्रमुख नरुलाल चौधरी, रुन्टिगढी गाउँपालिका अध्यक्ष बालाराम बुढा, दाङका प्रमुख  जिल्ला अधिकारी गोविन्द प्रसाद रिजाल , रोल्पा जिल्लाका प्रमुख जिल्ला अधिकारी  नरेन्द्र कुमार राना,जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रमुख चित्र बहादुर गुरुङ्ग, जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख प्रहरी उपरिक्षक गणेश चन्द , श्री खड्ग दल गणका सह सेनानी धु्रव न्यौपाने , राष्ट्रिय अनुसन्धान दाङका प्रमुख टेकराज तिमिल्सिना , रुन्टिगढी गाउँपालिकाका प्रवक्ता जगत बहादुर , रुन्टिगढी गाउँपालिका पाँचका अध्यक्ष याम बहादुर दशौदी , सोनापुर सिमेन्टका हरि पाठक ,सम्राट सिमेन्टका लिलानाथ न्यौपाने , घोराही सिमेन्ट उद्योगका विकास महतो, सहिदमार्गका इन्जिनियर सागर पन्थी , स्वर्गद्धारी टिप्पर प्रालीका भरतनाथ योगी लगायतको उपस्थितीमा कार्यदलको बैठक सम्पन्न भएको हो ।             


Tags