Type Here to Get Search Results !

रुन्टिगढीमा चुनावी माहोल सुरु, राम्ली का १९ जना ने.क.पा.मा प्रवेश

 







होलेरी ,रोल्पा भाद्र ०८ गते

रुन्टिगढी गाउँपालिकामा चुनावी माहोल श्रृजना भइसकेको छ । साथै पाटी प्रवेश गर्ने गराउने क्रम निरन्तर चलेको छ । यस्तै आइतबार रुन्टिगढी गाउँपालिका १ राम्ली लेकटोलका करिव १९ जना स्थानिय नेपाली कांग्रेस परित्याग गरी नेपाल कम्युनिष्ट पाटी ने.क.पा. मा प्रवेश गरेका छन् । नेपाली कांगे्रस ले प्रतिपक्षको भूमिका तथा स्थानिय नागरिकहरुका कुराहरु  बेवास्ता गरेको भन्दै ने.क.पा.मा प्रवेश गरेको बताइएको छ । 
 कार्यक्रममा प्रमुख अतिथि नेपाल कम्युनिष्ट पाटी नेकपा प्रदेश ५ संगठन सदस्य गोविन्द पुन नजर ले टिका लगाइ पाटी प्रवेश गराउनु भएको हो  ।
 कार्यक्रममा बोल्दै नेपाल कम्युनिष्ट पाटी नेकपा जिल्ला संगठन सदस्य बालाराम बुढाले जनताको आफ्नो  पाटी नेकपा भएको र यसलाई विस्तार तथा मजबुद बनाउन यहाँहरुको अहम भूमिका रहने कुरामा जोड दिनु भएका,े नेकपा रुन्टिगढी गाउँपालिका संगठन सचिव एवं जिल्ला सदस्य जगत ब.घर्तिले जानकारी दिनुभएको छ ।



Tags