गोल २ परियोजना को लैङ्गिक हिंसा नियन्त्रण सम्वन्धी क्षमता विकास कार्यक्रम सम्पन्न
17:41
होलेरी रोल्पा,भाद्र १६ गते
अष्ट्रेलियन एडको आर्थिक सहयोेग आडा« नेपाल रुपान्तरण र ग्रामिण विकास तथा चेतना समाज रुडास नेपाल को समझेदारी मा संचालित जिवीकोपार्जन परियोजना गोल २ को लैङ्गिक हिंसा नियन्त्रण सम्वन्धी क्षमता विकास कार्यक्रम रुन्टीगढी ७ होलेरी मा सोमवार सम्पन्न भएको छ ।
१८ जना प्रशिक्षार्थी रहेको उक्त कार्यक्रममा घरेलु हिंसा तथा लैङ्गिक हिंसा,यौनजन्य हिंसा, के कसरी हुन्छ र त्यस को न्युनीकरण कसरी गर्ने भन्ने बारेमा प्रशिक्षण दिइएको थियो । साथै त्यस कोे लागी कानुनी उपचार को बारेमा समेत प्रशिक्षक हरु पार्वता आर्चाय र इलाका प्रहरी कार्यालय होलेरी का प्रहरी निरिक्षक मेघनाथ चाँपागाइ ले प्रष्ट पार्नुभएको थियो ।
सहभागी जेष्ठ नागरिक भद्री गुरुङ्ग को सभाध्यक्ष मा सम्पन्न कार्यक्रममा प्रमुख अतिथी रुन्टीगढी गाउँपालिकाका अध्यक्ष बालाराम बुढा, बिशिष्ट अतिथीमा रुडास नेपाल रोल्पा का कार्यकारी निर्देशक सोभाराम डाँगी ,अतिथी हरुमा ,५ नं का वडाअध्यक्ष याम बहादुर दशौदी राना लगायत अन्य कर्मचारीहरु समेत रहनुभएको थियो ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथी बुढा ले हाम्रो गाउँसमाज मा कहिकतै लैङ्गिक हिंसा को घटना हरु सुन्ने गरेको र यस्ता हाम्रा समाज मा घट्ने घटना लाइ निराकरण गर्न को स्थानिय सरकार सधै तत्पर रहेको कुरामा समेत जोड दिनुभएको थियो । यस्तै कार्यक्रम मा वोल्दै विशिष्ट अतिथी डाँगी ले लैङ्गिक हिंसा न्युनीकरण गर्न को लागी तालिम मा सिकेका कुरा हरु लाइ आफ्नो गाँउ समाजमा व्यबहार मा लागु गर्नुहुनेछ भन्ने कुरामा आफु विश्वश्त रहेको उल्लेख गर्नुभएको थियो ।
कार्यक्रम को सहजीकरण गोल २ परियोजना रुन्टीगढी गाउँपालिका का संयोजक वासुदेव पोखे्रल गर्नुभएको थियो ।