Type Here to Get Search Results !

गोल २ परियोजना को लैङ्गिक हिंसा नियन्त्रण सम्वन्धी क्षमता विकास कार्यक्रम सम्पन्न


होलेरी रोल्पा,श्रावण ३० गते    
अष्ट्रेलियन एडको आर्थिक सहयोेग आडा« नेपाल रुपान्तरण र ग्रामिण विकास तथा चेतना समाज रुडास नेपाल को समझेदारी मा संचालित जिवीकोपार्जन परियोजना गोल २ को लैङ्गिक हिंसा नियन्त्रण सम्वन्धी क्षमता विकास कार्यक्रम रुन्टीगढी २ गोरीनेटा मा  विहीवार सम्पन्न भएको छ ।
१८ जना प्रशिक्षार्थी रहेको उक्त कार्यक्रममा घरेलु हिंसा तथा लैङ्गिक हिंसा,यौनजन्य हिंसा, के कसरी हुन्छ र त्यस को न्युनीकरण कसरी गर्ने भन्ने बारेमा प्रशिक्षण दिइएको थियो । साथै त्यस कोे लागी कानुनी उपचार को बारेमा समेत प्रशिक्षक हरु पार्वता आर्चाय र इलाका प्रहरी कार्यालय होलेरी का प्रहरी निरिक्षक मेघनाथ चाँपागाइ ले प्रष्ट पार्नुभएको थियो ।
रुन्टीगढी २ का वडाअध्यक्ष पुनाराम पुन को सभाध्यक्ष मा सम्पन्न कार्यक्रममा प्रमुख अतिथी रुन्टीगढी गाउँपालिकाका अध्यक्ष बालाराम बुढा, अतिथी हरुमा , १ नं का वडाअध्यक्ष मिन बहादुर थापा,सुर्पाल प्रहरी चौकी का प्रहरी सहायक निरिक्षक निम बहादुर के.सी. लगायत अन्य कर्मचारीहरु समेत रहनुभएको थियो ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथी बुढा ले हाम्रो गाउँसमाज मा कहिकतै लैङ्गिक हिंसा को घटना हरु सुन्ने गरेको र यस्ता हाम्रा समाज मा घट्ने घटना लाइ निराकरण गर्न को स्थानिय सरकार सधै तत्पर रहेको कुरामा समेत जोड दिनुभएको थियो । कार्यक्रम को सहजीकरण गोल २ परियोजना रुन्टीगढी गाउँपालिका का संयोजक वासुदेव पोखे्रल गर्नुभएको थियो ।

Tags