होलेरी रोल्पा,श्रावण २३ गते
रोल्पाको होलेरी मा उद्योग वाणिज्य संघ लिवाङ रोल्पा को आयोजना र रुन्टीगढी गाउँपालिका को समन्वय मा रुन्टीगढी गाउँपालिका भित्र नयाँ व्यवसाय दर्ता तथा नविकरण कार्य विहिवार सम्पन्न भएको छ ।रुन्टीगढी गाउँपालिका भित्र नयाँ व्यवसाय दर्ता तथा नविकरण कार्य लाई तिव्रता दिन को लागी ४०% छुट दिएर १० वटा नयाँ व्यवसाय दर्ता तथा ५६ जना व्यवसायी को नविकरण गरिएको वताइएको छ ।
कार्यक्रम वाट करिव ५२००० रुपैया राजस्व संकलन भएको छ ।
व्यवसायी लाई अपनत्व को भावना सिर्जना गर्न र कर को दायरा मा ल्याउन को लागी यस्तो कार्यक्रमकाे आयोजना गरिएको रुन्टीगढी गाउँपालिका अन्र्तगत राजस्व शाखा का दिपेन्द्र घर्ती मगर ले जानकारी दिनुभएको छ ।
कार्यक्रममा रुन्टीगढी गाँउपालिका का अध्यक्ष वालाराम बुढा, प्रमुख प्रशासकिय अधिकृत चिरञ्जीवी जि.एम.,प्रशासन प्रमुख इश्वर राज पाण्डे,उद्योग वाणिज्य संघ रोल्पा का उपाध्यक्ष केशव आचार्य,गोविन्द पुन,गोपाल डाँगी लगायत को उपस्थिती मा कार्यक्रम सम्पन्न भएको हो