Type Here to Get Search Results !

रुन्टीगढी गाउँपालिका ३ मा नेपाली कांग्रेस परित्याग गर्दै ३८ जना नेकपामा प्रबेश

 


रेडियो होलेरी, श्रावण २५रुन्टीगढी गाउँपालिका वडा ३ जबाङमा हिजो नेपाली कांग्रेस पार्टि परित्याग गर्दै ३८ जना नेपाल कम्युनिष्ठ पार्टि मा (नेकपा) मा प्रवेश गरेका छन् । नेपाल कम्युनिष्ठ पार्टि (नेकपा) रुन्टीगढी गाउँपालिका वडा नं. ३ संगठन कमिटिका अध्यक्ष लिला बहादुर पुनको अध्यक्षता र ने.क.पा ५ नं. प्रदेश कमिटिका सदस्य गोविन्द पुन नजरको प्रमुख आतिथ्ययतामा भएको कार्यक्रममा नेपाली कांग्रेस का विभिन्न पद र जिम्मेवारी परित्याग गर्दै जबाङका , खिमा कुमारी घर्ति, सुमित्रा घर्ति पुन, जमकलि घर्ति, मानसिङ घर्ति, गोठ बहादुर घर्ति, तारा बहादुर घर्ति र देबेन्द्र घर्ति ने.क.पा मा प्रबेश गर्नुभएको हो । यसैगरी सालबाङ टोलबाट गन बहादुर घर्ति, दिलिप घर्ति, अर्जुन घर्ति, पुस्कर घर्ति, बम बहादुर पुन, दिलमाया घर्ति, नबिना घर्ति, कल्पना घर्नि, श्यामकलि पुन, तेजेन्द्र घर्ति, पवित्रा घर्ति, सुकलाल घर्ति, मालति घर्ति र होम बहादुर पुरी ने.क.पा मा प्रवेश गर्नुभएको हो । यसैगरी जुर टोलबाट पर्शराम गिरी, लक्षि पुन, शोभाराम पुरी, खल बहादुर पुन, जोगेन्द्र बि.क मुमान बि.क बालाराम घर्ति, रोम बहादुर बि.क,रोम प्रसाद पुरी, भिम कुमार घर्ति, देवेन्द्र पुन, दिल बहादुर बि.क, पुर्ण बहादुर राना र तिलक बि.क. नेपाली कांग्रेस परित्याग गरेर नेपाल कम्युनिष्ठ पार्टि (नेकपा) मा प्रबेश गरेका हुन । कार्यक्रममा नव प्रबेशीहरु दिल बहादुर बि.क., रोम प्रसाद पुरी, तिलक बि.क. लगाएतले आगामी दिनमा नेपाल कम्युनिष्ठ पार्टि मा प्रतिबद्ध र सक्रियताका साथ लागि राजनीतिमा क्रियाशिल रहेर सामाजिक काममा समेत जोडिने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो ।  पार्टि प्रबेश कार्यक्रममा नव प्रबेशीहरुलाई प्रमुख अतिथि गोविन्द पुन नजरबाट टिका लगाएर तथा ने.क.पा. रुन्टीगढी गाउँपालिका अध्यक्ष आशाराम गुरुङले पद तथा गोपनियताको सपथ ग्रहण गराउनु भएको थियो । कार्यक्रममा प्रमुख अतिथि गोविन्द पुन, नेकपा रोल्पा जिल्ला सदस्य तथा रुन्टीगढी गाउँपालिका अध्यक्ष बालाराम बुढा, नेकपा जिल्ला सदस्यहरु इश्वरी जी.एम, ज्ञानु पुन, रुन्टीगढी गाउँपालिका उपाध्यक्ष छमाया पुन, नेकपा रुन्टीगढी गाउँ तथा वडा संगठन कमिटिका सदस्य तथा शुभेच्छुकहरुको सहभागिता रहेको थियो ।   कार्यक्रमको सञ्चालन नेकपा रुन्टीगढी गाउँपालिका ३ नं. वडा संगठन कमिटिका सचिब होम बहादुर पुनले गर्नु भएको थियो ।। 

Tags