गोल २ परियोजना को लैङ्गिक हिंसा नियन्त्रण सम्वन्धी छलफल कार्यक्रम सम्पन्न
17:19
होलेरी रोल्पा,भाद्र १८ गते
अष्ट्रेलियन एडको आर्थिक सहयोेग आडा« नेपाल रुपान्तरण र ग्रामिण विकास तथा चेतना समाज रुडास नेपाल को समझेदारी मा संचालित जिवीकोपार्जन परियोजना गोल २ को लैङ्गिक हिंसा नियन्त्रण सम्वन्धी छलफल कार्यक्रम रुन्टीगढी ७ होलेरी मा बुधवार सम्पन्न भएको छ ।
रुन्टीगढी गाउँपालिका अन्र्तगत विभिन्न कार्यालय प्रमुख हरु संग गरिएको छलफल कार्यक्रममा घरेलु हिंसा तथा लैङ्गिक हिंसा,यौनजन्य हिंसा, के कसरी हुन्छ र त्यस को न्युनीकरण तथा नियन्त्रण कसरी गर्ने भन्ने बारेमा छलफल भएको थियो । साथै त्यस कोे लागी कानुनी उपचार को विधिको बारेमा समेत प्रशिक्षक पार्वता आर्चाय प्रष्ट पार्नुभएको थियो । छलफल कार्यक्रम २ दिन सम्म चलेको थियो ।
रुन्टीगढी गाउँपालिकाका अध्यक्ष बालाराम बुढा क अध्यक्षता मा सम्पन्न भएको कार्यक्रममा अतिथीहरुमा उपाध्यक्ष छमाया पुन ,प्रमुख प्रशासकिय अधिकृत चिरञ्जीवी जि.एम.,रुडास नेपाल रोल्पा का कार्यकारी निर्देशक सोभाराम डाँगी,इलाका प्रहरी कार्यालय होलेरी का प्रमुख मेघनाथ चापाँगाइ,नेपाल कम्युनिष्ट पाटी ने.क.पा. का गोविन्द पुन , नेपाली कांगे्रस का देवेन्द्र वोहोरा,महेन्द्र मा.वि. होलेरीका प्रधानाध्यापक वेद वहादुर शुर्यवंशी,विभिन्न कार्यालय का प्रमुख लगायत अन्य कर्मचारीहरु समेत रहनुभएको थियो ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथी बुढा ले हाम्रो गाउँसमाज मा कहिकतै लैङ्गिक हिंसा को घटना हरु सुन्ने गरेको र यस्ता हाम्रा समाज मा घट्ने घटना लाइ निराकरण गर्न को स्थानिय सरकाले चाल्नुपर्ने कुरामा कुनै कन्जुसाइ नगर्ने कुरामा समेत जोड दिनुभएको थियो । यस्तै कार्यक्रम मा वोल्दै रुडास नेपाल रोल्पा का कार्यकारी निर्देशक सोभाराम डाँगी ले लैङ्गिक हिंसा न्युनीकरण गर्न को लागी छलफल मा आएका कुरा हरु लाइ आफ्नो गाँउ समाजमा व्यबहार मा लागु गर्नुहुनेछ भन्ने कुरामा आफु विश्वश्त रहेको उल्लेख गर्नुभएको थियो ।
कार्यक्रम को सहजीकरण गोल २ परियोजना रुन्टीगढी गाउँपालिका का संयोजक वासुदेव पोखे्रल गर्नुभएको थियो ।