Type Here to Get Search Results !

रुन्टीगढी मा एकै दिन ८ जनामा कोरोना पोजेटिभ भेटियो, ७ दिन सम्म यातायात बन्द गरिदै

होलेरी रोल्पा, भाद्र २७ रोल्पाको रुन्टीगढी मा एकै दिन ८ जना को कोरोना रिर्पोट पोजेटिभ आएको छ । पोजेटिभ हुनेमा अनिता डेरी उद्योग,कामना विकास बैङ्क र क्वारेन्टाइन मा रहेका ५ जना संगै ८ जना मा कोरोना पोजेटिभ भएको बताइएको छ ।संक्रमित आठै जनालाई लिवाङ स्थित अस्थायी कोभिड १९ आइसोलेसन केन्द्र मा पठाउने तयारी गरिएको सचिवालय प्रमुख दिपक डाँगी ले जानकारी दिनुभएको छ । कोरोना पोजेटिभ भेटिएका स्थान का अन्य ब्यक्ती को पनि स्वाव संकलन गरिने वताइएको छ । साथै रुन्टीगढी क्षेत्रमा अत्यावश्यक का क्षेत्र जस्तै मेडिकल,तरकारी ,खाद्यान्न वाहेक अन्य क्षेत्र हरु ७ दिन सम्म को लागी बन्द गर्ने निर्णय गरिएको छ ।होलेरी हुदै चल्ने सवारी साधनलाई समेत बन्द गर्ने रुन्टीगढी गाउँपालिका स्तरिय द्रुत प्रतिकार्य टोली ले निर्णय गरेको छ ।रुन्टीगढी गाउँपालिकाका अध्यक्ष बालाराम बुढा को अध्यक्षतामा आकस्मीक बैठक सम्पन्न गरिएको हो ।