Type Here to Get Search Results !

रुन्टिगढी १ दाङचोट रोल्पामा ४१ जना ने.क.पा मा प्रवेश

होलेरी रोल्पा ,भाद्र १९ गते विहीवार रुन्टिगढी गाउँपालिका १ दाङचोटमा नेपाल कम्युनिष्ट पार्टी ने.क.पा मा ४१ जना पार्टी प्रवेश गरेका छन् । ती ४१ जना स्थानीय, नेपाली कांग्रेस परित्याग गर्दै नेकपा मा प्रवेश गरेका हुन । रुन्टिगढी १ का दाङचोटका नेपाल कम्युनिष्ट पार्टी नेकपाका टोल कमिटिका अध्यक्ष भिम बहादुर बुढाको अध्यक्षातामा सम्पन्न भएको पार्टी प्रवेश कार्यक्रममा प्रमुख अतिथिमा नेपाल कम्युनिष्ट पार्टी नेकपा प्रदेश ५ सदस्य गोविन्द पुन नजर, नेपाल कम्युनिष्ट पार्टी जिल्ला संगठनका सदस्य बालाराम बुढा,भुपमणि पुन, मिन बहादुर थापा, नेपाल कम्युनिष्ट पार्टी नेकपा रुन्टिगढीका सचिव जगत बहादुर घर्ती लगायतको उपस्थितीमा कार्यक्रम सम्पन्न गरिएको हो । कार्यक्रममा नव प्रवेशीहरु खुम बहादुर राना,होम बहादुर विक लगायत ४१ जनालाई अविर र फूलमालाले स्वागत गर्दै र सपथ ग्रहण गराउदै प्रमुख अतिथि नजरले हाम्रो समाज तथा देशलाई संवृद्धि तथा विकास मा उन्मुख गराउने एक मात्र पार्टी नेकपा भएको भन्दै सम्पूर्ण आम नागरिकहरु नेकपामा गोलबन्द भई समृद्धिको दिशातर्फ लम्कन आग्रह गर्नुभएको छ । कार्यक्रमको सहजीकरण नेपाल कम्युनिष्ट पार्टी नेकपा रुन्टिगढी १ का वडा संगठनका अध्यक्ष जंग बहादुर वलीले गर्नु भएको बताइएको छ ।।