रेडियो होलेरी को बार्षिक उत्सब, आर्थिक सहयोग गर्दै सम्पन्न
01:55
असोज १ होलेरी रोल्पा
बिहिबार रेडियो होलेरी एफ एम १०२.५ मेगाहार्जले आफ्नो तेस्रो बार्षिक उत्सबको अबसर पारेर मुरुल्ले म्याग्जीनगढी पर्यटकिय बिकास केन्द्र रुन्टीगढी ६ लाई आर्थिक सहयोग गरेको छ ।
रेडियो होलेरीको तेस्रो बर्ष पुरा गरी चौथो बर्षमा प्रबेश गरेको सुखद अवसरमा एक औपचारिक कार्यक्रम गरी मुरुल्ले मन्दिर निर्माण लाई आर्थिक सहयोग गर्दै बार्षिक उत्सब सम्पन्न गरेको हो ।
विगत का बर्षहरुमा विभिन्न कार्यक्रम गर्दै बार्षिक उत्सब मनाएको रेडियो होलेरी ले यस बर्ष कोरोना भाइरसको महामारी लाई मध्यनजर गर्दै रुन्टीगढी कै गौरबपुर्ण निर्माणाधिन मुरुल्ले यज्ञशाला को लागि रु ११,१११ रुपैया आर्थिक सहयोग गर्दै मनाएको हो । साथै यस रेडियो बाट प्रसारण हुने लोकप्रिय कार्यक्रम जिबन मन्त्रका संचालक जोतिष डमरु प्रसाद निरौलाले आर्थिक सहयोग गर्ने बताउनु भएको छ ।
रेडियो होलेरीका स्टेशन म्यानेजर केशबराज चन्दको अध्यक्ष्यतामा सम्पन्न भएको कार्यक्रमको प्रमुख अतिथि मुरुल्ले म्याग्जीनगढी पर्यटकीय बिकास केन्द्रका अध्यक्ष चेतलाल पुन, अतिथिहरुमा रेडियो सुन्छहरीका अध्यक्ष गोपाल श्रेष्ठ, यज्ञशाला निर्माण समितिका अध्यक्ष याम बहादुर थापा, स्वस्तीक रोजिक होलेरीका प्रमुख चुडामणि पौडेल लगाएत को उपस्थिति रहेको थियो । कार्यक्रममा बोल्दै प्रमुख अतिथि पुनले यज्ञशाला निर्माणमा रेडियो होलेरीले पनि हातेमालो गरेको भन्दै खुसी व्यक्त गर्नुभएको थियो । यस्तै सभा बिसर्जन गर्दै सभाध्यक्ष चन्दले कोरोना भाइरस को यो महामारी बाट बच्न लाई सबैभन्दा पहिले व्यबहार मा आफुबाटै परिबर्तन गर्नुपर्ने कुरा मा जोड दिदै अहिले को बार्षिक उत्सब विगत का कार्यक्रम जस्तो नभएपनि कोरोनाको महामारी लाई ध्यानमा राखी मुरुल्ले म्याग्जीनगढी मा निर्माणाधिन यज्ञशालाको लागि थोरै आर्थिक सहयोग गर्न पाएको मा रेडियो होलेरी परिवार अत्यन्तै हर्सित भएको कुरा बताउनु भएको थियो । उक्त कार्यक्रमको सहजिकरण रेडियो होलेरी एफ एमका समाचार प्रमुख मनोज पुनले गर्नु भएको थियो ।