Type Here to Get Search Results !

रोल्पाको होलेरीमा नेपाली काङ्ग्रेसद्वारा मास्क बैंक स्थापना

महेन्द्र खड्का रोल्पा,३असोज रोल्पामा मास्क बैंकको स्थापना गरिएको छ । जिल्लाको प्रवेशद्वार होलेरी बजारमा नेपाली काङ्ग्रेस रुन्टीगढी गाउँपालिकाले मास्कको स्थापना गरेको हो। बिश्व महामारीको रुपमा फैलिएको (कोभिड १९)कोरोना भाइरसको संक्रमण फैलिरहेकाले मास्क प्रयोग नगरेर बजार हिड्डुल गर्नेहरुलाई मास्क बितरण गरेर अनिबार्य प्रयोग गर्न लगाउने नेपाली काङ्ग्रेस रुन्टीगढी गाउँपालिकाका सचिब चेतलाल खत्रीले बताए।
शनिबारबाट शुरु भएको मास्क बैंक अभियान दुई सातासम्म निरन्तर सञ्चालन हुने नेपाली काग्रेस रुन्टीगढी गाउँपालिकाका सभापति जनक पुनले जानकारी दिएका छन् । उनका अनुसार मास्क बैंकमा हुनेले मास्क दिएर जाने र नहुनेले लिएर जान सक्नेछन् । शनिबार नेपाली काङ्ग्रेस रुन्टीगढी गाउँपालिकाले औपचारिक कार्यक्रम उद्घाटन गरेर अभियान सञ्चालन गरेको हो।