Type Here to Get Search Results !

रोल्पाको होलेरीमा रेविज विरुद्धको खोप संचालन हुदै

होलेरी रोल्पा, असोज १० रोल्पाको रुन्टिगढी गाउँपालिका अन्र्तगत होलेरी बजारमा १३ औं विश्व रेविज दिवसको अवसर पारेर यहि असोज १२ गते १ दिने रेविज विरुद्धको अभियान संचालन गर्ने भएको छ ।
रुन्टिगढी गाउँपालिका गन्र्तगत पशु स्वास्थ्य शखाको आयोजनामा उक्त अभियान संचालन गरिने भएको हो । खोप लगाउ रेविज उन्मुलन गरौँ भन्ने मुल नाराको साथमा उक्त अभियान संचालन गर्न लागिएको बताइएको छ । यस अभियानमा आफ्ना घरमा रहेका कुकुर तथा विरालोलाई रेविज विरुद्ध खोप लगाउनको लागि रुन्टिगढी गाउँपालिका पशु शाखा प्रमुख श्याममणि विकले सम्पूर्णलाई अनुरोध समेत गर्नु भएको छ । ।