Type Here to Get Search Results !

रुन्टीगढी को होलेरी लगायत आसपास का क्षेत्रहरु अर्को सुचना जारी नभएसम्म लकडाउन

होलेरी रोल्पा, भाद्र २८ रोल्पाको रुन्टीगढी मा एकै दिन ८ जना को कोरोना रिर्पोट पोजेटिभ आएपछी होलेरी लगायत आसपास का क्षेत्रहरु अर्को सुचना जारी नभएसम्म लकडाउन गरिएको छ । शनिवार राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान मा गरिएको पिसिआर जाँच मा रोल्पा को रुन्टीगढी मा ८ जना को कोरोना पोजेटिभ आएपछी अनिश्तिकाल का लागी लकडाउन को घोषणा गरिएको हो । पुर्वमा नयाँगाउँ ढुङ्गाखानी,पश्चिम मा खस्रेवजार,उत्तरमा सखी, सैवाङ र दक्षिणमा साँपडाँडा ग्वारखोला क्षेत्र भित्र पर्ने सम्पुर्ण क्षेत्रहरु अर्को सुचना जारी नभएसम्म को लागी लकडाउन को घोषणा गरिएको छ । कोरोना भाइरस को थप संक्रमण फैलिन नदिन को लागी जिल्ला कोरोना संकट व्यवस्थापन केन्द्र रोल्पा ले यस्तो निर्णय गरेको हो । अन्य व्याक्ती हरु को पनि कन्ट्याकट टे«सिङ गरी स्वाव संकलन गरिने सचिवालय प्रमुख दिपक डाँगी ले जानकारी दिनुभएको छ । कोरोना को महामारी को यो समय मा लकडाउन को पालना गर्नहुन सवै मा समेत आग्रह गर्नुभएको छ ।